२०८१ बैशाख ७ शुक्रबार

इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची !!

इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई बिहीबार नयाँ मूल्यसूची पठाएको हो । निगमलाई प्राप्त नयाँ मूल्यसूचीअनुसार एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
बिहीबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेर प्राप्त भएको छ भने खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ सय रूपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य प्राप्त भए पनि निगमले उपभोक्ता बिक्री मुल्यबारे भने कुनै निर्णय गरेको छैन ।

२०७९ भाद्र १६, बिहीबार प्रकाशित 0 Minutes 259 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार