२०८० चैत्र १६ शुक्रबार

साफ यू-१९ पुरुष च्याम्पियनसीप खेल्न श्रीलंका जाँदै गरेको फुटबल टोलिलाई ऎन्फाद्वारा भव्य विदाई ।

बिहिवार ,२०७९/०५/१६

✍️कुल प्रसाद वगाले

साफ यू–१७ पुरुष च्याम्पियनसिप खेल्न श्रीलंका जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार श्रीलंका जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।

प्रतियोगिताका लागि यू–१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्सीय टोलीको घोषणा गरिसकेका छन् । साफ यू–१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ ।

नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ । नेपाली टोली शुक्रबार श्रीलंका प्रस्थान गर्ने छन् । समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

२०७९ भाद्र १६, बिहीबार प्रकाशित 0 Minutes 450 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार