२०८१ मंसिर २५ मंगलवार

बाल दिवस – श्री कृष्ण स्काउट ट्रुपद्वारा आयोजितद्वारा अन्तर सदनात्मक हाजिर जवाफ प्रतियोगिता सप्पन्न !!

बाल दिवस – श्री कृष्ण स्काउट ट्रुपद्वारा आयोजितद्वारा अन्तर सदनात्मक हाजिर जवाफ प्रतियोगिता सप्पन्न !!

भदौ -२९,
पोखरा महानगरपालिका वडा न ७ मासबार मा अवस्थित श्री कृष्ण स्काउट ट्रुपद्वारा आयोजित अन्तर सदनात्मक हाजिर जवाफ आयोजना गरि सम्पन्न गरेको छ् । कार्यक्रम बाल दिवस को अवसर पारी सप्पन्न गरेका थिए ।

कार्यक्रमको अध्यक्षता स्काउट मासटर किशन भण्डारी ले गरेका थिए भने प्रमुख अतिथि वडा न ७ का अध्यक्ष राम मोहन आचार्य रहनुभएको थियो । कार्यक्रममा अतिथीहरु गण्डकी प्रदेश स्काउट सदस्य उपेन्द्र गिरि , बि ब स सदस्य देव बहादुर घोथाने , शिक्षक प्रतिनिधि योगेन्द्र बा थापा, साहयक प्र अ दिनेश बराल रहनुभएको थियोे ।

 

कार्यक्रममा सहभागी बिधालयमा रहेको सदन क्रमशः रातो , निलो , हरियो , पहेंलो सदन बीच हाजिर जवाफ सप्पन्न भएको छ् । क्रमशः रातो र पहेलो सदन प्रथम , हरियो दृतिय र निलो सदन त्रितिय स्थान हासिल गरेको छ् ।

उक्त कार्यक्रममा बिद्यालयका शिक्षक प्रतिनिधि योगेन्द्र बा थापा ले स्वागत मन्तव्य राखेका थिए ।

विधालयका वि व्य स सदस्य देव बहादुर घतानेले विधार्थीमाझ अतिरिक्त कार्यक्रम आयोजना गरेमा शैक्षिक मानसिक सामाजिक र सम्बेगात्मक क्षमताको अभिवृद्दि हुने धाराणा व्यक्त गर्दै आगमी दिनहरुमा पनि एस्तै कार्यक्रमको अपेक्षा गरेको जानकारी गराउनु भयो।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै  प्रमुख अतिथि वडा न ७ का अध्यक्ष राम मोहन आचार्यले  बाल दिवसको अवसरमा स्काउटले येस्तो रचनात्मक क्रियाकलाप आयोजना गरेको मा निकै खुसी भएको बताउनुभयो । सम्पुर्ण बाबुनानी लाई बाल दिवस को शुभकामना दिएका थिए भने प्रथम , दृतिय , तृतीय भाइबहिनी लाई अबिर लगाई बधाइ दिनुभएको थियोे  ।


कार्यक्रम को अध्यक्षता गरेका किशन भण्डारीले अब आउने दिनमा अझै रचनात्मक क्रियाकलापहरु आयोजना सहित सम्पुर्ण स्काउट टु्पलाइ चाहिने सम्पुर्ण बस्तुहरु( बयाज, डोरी , स्कार्फ,टोपी ) असोज महीना मा पूर्णता दिने जनाउँदै कार्यक्रम समापन गरेको थिए भने कार्यक्रम संचालक शिक्षक बिजय आचार्य ले गरेका थिए ।

२०७९ भाद्र २९, बुधबार प्रकाशित 1 Minute 672 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।