२०८१ फाल्गुन ७ बुधबार

“बालबालिका र अधिकार” -✍️सुनिल खड्का ।

भदौ २९ , पोखरा

बालबालिका र अधिकार !! ✍️सुनिल खड्का

बालबालिका भनेको नेपालको कानुन अनुसार १६ वर्ष भन्दा मुनिका नागरिक हुन् भनेर परिभाषित गरेको छ भने अन्तराष्ट्रिय कानुनी मान्यता अनुसार १८ वर्ष भन्दा मुनिका नागरिक नै बालबालिका हुन् भनेर भनिएको छ। यदि कुनै परिस्थितिमा यि दुइ कुराहरु बाझिन गएमा अन्तराष्ट्रिय कानुनी मान्यतानै मान्य हुनेछ । मानवअधिकार सबैका लागि हो र यो विश्वव्यापी छ तर समाजका विभिन्न समुहहरुको विशेष अवस्था र आवश्यकताका कारण विशेष मानब अधिकारका रुपमा थप ब्यवस्था गरेको पाइन्छ ।

बालअधिकार भनेको बालबालिकाको विशेष मानवअधिकार हो । मानव भएका नाताले बालबालिकाका अधिकार छन्बालबालिका भएका कारण उनिहरुलाई विशेष हेरचाह र संरक्षणको आवश्यकता पर्दछ ।

बालबालिकाको विशेष हेरचाह, स्याहार र संरक्षणका लागि उनिहरुलाई आवश्यक वाचनका लागि चाहिने आधारभुत कुराहरुको व्यवस्था गर्नु, सुरक्षापूर्ण वातावरणमा रहेर असल शिक्षा प्रदान गर्नु, स्वास्थ्य सेवा पुर्याउनु, खेल (मनोरन्जन र आराम गर्न दिनु, माया स्नेह प्रदान गर्नु, निर्णयमा सहभागिता गराउनु, हेला दुर्व्यवहार र शोषण हुनबाट लगायत कुनैपनि खाले हिसांत्मक एवंम् सशस्त्र गतिबिधिहरुबाट जोगाउनु, सुरक्षित रुपमा आफ्नो बालापन बिना अवरोध बिताउन पाउनुपर्दछ । बालबालिकाको पनि मानवीय अस्तिव छ र उनिहरुलाई पनि सम्मान गरिनुपर्दछ। त्यसैले बालअधिकार भनेको एकदमै नौलो कुरा होइन ।

एउटा सक्षम नागरिकका रुपमा हुर्कनका निम्ति प्रत्येक बालबालिकाका लागि आवश्यक हुने माथि उल्लेखित कुराहरुको समग्र रुपनै बालअधिकार हो। अर्थात् बालबालिकाको बढ्दो उमेर अनि शारीरिक र मानसिक अवस्था अनुरुप बाल्यकालका आधारभुत आवश्यकताहरु नै बालअधिकार हुन् ।

 

२०७९ भाद्र २९, बुधबार प्रकाशित 1 Minute 296 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।