नेपाल विधालय कर्मचारी परिषद कास्की जिल्लाको कमिटीद्वारा आयोजित बृहत् भेला २०७९ सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी जिल्ला शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख नारायण प्रसाद सुबेदीले संगठन बनाएर नेपाल भरिका विधालय कर्मचारी एकजुट भएमा यो आन्दोलन सफल हुने जानकारी गराउनु भयो । त्यसै गरि विशेष अतिथी पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले माग प्रती सकरात्मक र स्थानीय तहले दिने सेवा सुविधालाई नरोकी प्रदान गर्ने बताउनु भयो । त्यस्तै गरि कार्यक्रममा रुपा गाउपालिका र माछापुछ्रे गाउपालिका शिक्षा शाखा प्रमुखले आफ्नो ठाउँबाट सक्दो पहल गर्ने कुरा व्यक्त गर्नु भयो ।
कार्यक्रममा जिल्ला भरिका १५० विधालय कर्मचारीको उपस्थिती थियो भने कार्यक्रमको अध्यक्षता हरिश्चन्द्र बास्तोलाले गर्नु भएको थियो । हाम्रा माग पूरा नभइन्जेल कुनै पनि काम नगरी विरोध गर्ने, भोलि हुने भनेको SAS को तालिमको अवज्ञा गर्ने र आवाश्यक परे जुन सुकै बेला पनि आन्दोलनको आधिबेरी सृजना गर्न सकिने चेतावनी पनि दिनु भयो।। कार्यक्रम सन्चालन किशान भन्डारीले गर्नुभयो।।
ADVERTISEMENT