२०८० जेष्ठ २० शनिबार

नेकपा एमाले कास्कीको सचिबालय बैठक सप्पन्न !!!

नेकपा एमाले कास्कीले शुभकामना आदान प्रदान कार्यक्रम गर्ने
आसन्न चाड पर्व लाई लक्षित गर्दै नेकपा एमाले कास्कीले यहि असोज १५ गते बिहान ७:३० बजे राष्ट्रिय सभागृह पोखरा शुभकामना आदन प्रदान गर्ने निर्णय गरेको छ आज बसेको सचिवालय बैठकमा नेकापा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारिको अध्यक्षतामा सम्पन्न सचिवालय तथा जनसंगठनका प्रमुखहरुको बैठकले सो निर्णय गरेको हो । उक्त कार्यक्रम सफल गर्न विभिन्न कमिटी चयन गरिएको छ।

आयोजक मुल समारोह कमिटीमा अध्यक्ष मन बहादुर गुरुङ्ग
जनपरिचालन उपसमितिमा उपाध्यक्ष तेज नारायण अधिकारी
बित्त ब्यबस्थापनमा चिरञ्जीवी पोख्रेल
प्रचार प्रसारमा दर्शन लामा
मन्च ब्यबस्थापनमा नवराज ओझा
अतिथी सत्कार ब्यबस्थापनमा हिरा गिरि
चियापान ब्यबस्थापनमा सम्पुर्ण कार्यलय टिम
सास्कृत मनोरञ्जनमा सुरेन्द्र गुरुङ
स्वयंसेवक परिचालनमा महेन्द्र गुरुङ रहेका छन नेकपा एमाले स्थाइ कमिटी सदस्य तथा संगठन बिभाग प्रमुख खगराज अधिकारिले शुभकामना आदनप्रदान सहित निर्वाचनमा लाग्नु पर्ने बेला आएको छ । हामिले मात्र चाड पर्व मान्ने होइन जनताको घरमा चाड पर्व मनाउने तयारी गर्नुहोस सथै एकमन एकता सहित निर्वाचनमा लाग्न हामी सबै जुनसुकै तवरबाट लाग्नु पर्ने बताउदै आआफ्नो भूगोलमा लाग्न निर्देशन गर्नु भयो ।नेकापा एमाले केन्द्रिय कमिटी सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण थापाले अनुशाशीत तवरले सम्पुर्णमा शुभकामना आदन प्रदान गरि सम्पुर्णमा चाडपर्वको हर्सोउल्लास मय गराउन जनबर्गिय संगठनलाई लागि पर्न निर्देशन दिनु भयो साथै सदस्य तथा शुभचिन्तकलाई उपस्थिति गाराउन नेकापा एमाले केन्द्रिय कमिटी सदस्य तथा कास्की सह इन्चार्ज मिना कुमारी गुरुङ्गले सम्पुर्ण बैठकमा उपस्थितलाई निर्देशन दिनु भयो बैठकमा आआफ्नो संगठनको बारे जनसंगठनका अध्यक्षले र स्थानीय पालिकाको बारे पालिका अध्यक्षले रिपोर्टिङ गर्नु भएको थियो नेकपा एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङ्गको ममतामयी आमाको शोक प्रस्ताब पारित गर्दै सकिएको बैठकको सन्चालन सचिव बैन बहादुर क्षेत्रीले गर्नु भएको थियो ।

२०७९ आश्विन ६, बिहीबार प्रकाशित 0 Minutes 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार