२०८१ चैत्र ८ शुक्रबार

ज्योतिषहरुको अनुसार, माछा देवत्व र श्रेष्ठताको प्रतिक हो ??

ज्योतिषहरुको अनुसार, माछा देवत्व र श्रेष्ठताको प्रतिक हो ।

(त्यसैले हामीले सपनामा रंगीचंगी साना साना माछा देखियो भने त्यो निकै राम्रो हो । यसले भविष्यमा कुनै शुभ समाचार सुन्न, देख्न, पाइन्छ, साथै यस्तो व्यक्तिको जीवन एकदमै सफल हुन्छ र भविष्यमा कुनै पनि समस्याको सामना गर्नु पर्ने छैन ।

त्यस्तै, सपनामा ठुलो र आक्रमक माछा देखिएको छ भने, यो चाही अलिक चिन्ता गर्नु पर्ने हुन्छ । यस्तो सपनाले मानीसको मन भित्र गुम्सिएर रहेको नकारात्मक उर्जा वा सोचलाई दर्साउदछ । ज्योतिषहरुका अनुसार सपनामा शार्क, पिरहना वा स्वर्डफिस देखेको छ भने, त्यस्तो मानीसहरु आउदो दिनमा ऋणले ग्रसित हुने छन र सधै केहिन केहि समस्याबाट घेरिने छन् ।

तर सपनामा डल्फिन जस्तो माछा देखेको छ भने यस्तो सपना धन प्राप्ति र राम्रो स्वास्थ्यको प्रतिक मानिन्छ ।

त्यसै गरि माछा मारिरहेको ९समातिरहेको० सपना देख्दा यदी आफुले कुनै ठुलो माछा समातेको ९मारेको० देख्यो भने, यसको अर्थ धेरै नै राम्रो वा शुभ संकेत हो । यस्तो सपनाको अर्थ हुन्छ चाडैनै प्रशस्त धन सम्पति प्राप्ति हुनेवाला छ । साथै आफुलाई निकै फाइदा हुने कुनै बिशेष घटना घट्न लागेको शुभ संकेत हो ।

(सपनामा पानीमा खेलिरहेको माछा समातेको देखियो भने त्यसको अर्थ, जीवनमा गरेको कठिन परिश्रमको बदलामा भविष्यमा चाडैँनै प्रसस्त सफलता मिल्दै छ भन्ने हुन्छ ।

अब तपाईहरु सपना देख्नु हुन्छ भने यो अवश्य याद गर्नु होला की कतो सपना देख्नु भयो र त्यसको प्रतिफल वा अर्थ के हुन्छ त्यो पनि बुझ्नु होला ।

२०७९ आश्विन २५, मंगलवार प्रकाशित 0 Minutes 456 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार