२०८१ बैशाख १४ शुक्रबार

प्रेस काउन्सिलको ध्यानाकर्षण :भ्रामक समाचार फैलाउनेलाई कारवाही गर्न सम्बन्धित निकायलाई जानकारी !!!

सञ्चार माध्यमको मास्टहेड प्रयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा अफवाहपूर्ण, दुष्प्रचारयुक्त, गलत एवं भ्रामक समाचार बनाइ सामाजिक सञ्जालबाट सम्प्रेषण भएको प्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रेस काउन्सिल नेपालका अनुसार भाइरल भएका त्यस्ता समाचार सामग्रीका सम्बन्धमा सम्बन्धित मिडियासँग जानकारी माग गर्दा ‘ती शीर्षकमा त्यस किसिमका कुनै समाचार सम्प्रेषण नगरेको र आफ्नी मास्टहेडको दुरुपयोग गरिएका फेक न्यूज भएको जवाफ प्राप्त भएको जनाएको छ।

कतिपय मिडियाले आफ्नो सामाजिक सञ्जालबाट त्यसबारे प्रष्ट्याइसकेका भन्दै गलत सूचनामा नफैलाउन समेत प्रेस काउन्सिल नेपालले अनुरोध गरेको छ।

निर्वाचनमा प्रभाव पार्ने किसिमले अफवाहपूर्ण, दुष्प्रचारयुक्त / फेक न्युजबाट सजग रहन प्रेस काउन्सिल अनुरोध गरेको छ । साथै स्थिर समयमा सामाजिक सञ्जालबाट दुष्प्रचारयुक्त / अफवाहपूर्ण सामग्री सम्प्रेषण भएमा विद्युतीय अपराध सम्बन्धी कानुन आकर्षित हुने हुँदा त्यसतर्फ सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराएको छ ।

­

२०७९ मंसिर ३, शनिबार प्रकाशित 0 Minutes 601 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार