२०८१ बैशाख ८ शनिबार

चितवनमा चुनाव बिथोल्ने प्रयास, गोली चल्यो !

विप्लव नेतृत्वको नेकपा माओवादीले चितवनमा निर्वाचन बिथोल्ने प्रयास गरेको छ।

चितवन क्षेत्र नम्बर-१ राप्ती-८ स्थित ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा उक्त पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने प्रयास गरेका हुन्।

१५-२० जनाको समूहमा रहेको समूहले निर्वाचन बिथोल्न खोजेपछि एक राउण्ड हवाई फायर गरिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पंडितले बताए।

हवाई फायरपछि उनीहरू भागेको र खोजी कार्य भइरहेको डिएसपी पण्डितले बताए।

अहिले भने मतदान पुन: सुरू भएको छ।

२०७९ मंसिर ४, आईतवार प्रकाशित 1 Minute 367 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार