२०८१ बैशाख ७ शुक्रबार

एमाले अध्यक्ष ओली नयाँ किर्तीमानसहित झापा-५ बाट निर्वाचित !!

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सत्ता गठबन्धनका उम्मेदवारलाई निकै ठूलो मतान्तरमा पराजीत गर्दै झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

अध्यक्ष ओलीले सत्ता गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ बाट निर्वाचित हुनुभएको हो । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार एमाले अध्यक्ष ओलीले ५२ हजार ३१५ मत प्राप्त गर्नुभएको छ ।

उहाँसँग प्रतिस्पर्धा गर्नुभएका सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २३ हजार ७४१ मत मात्र पाउनु भएको छ । ओलीले पाउनु भएको मत अधिकारीले पाउनु भएको मत भन्दा २८ हजार ५७४ बढी हो ।.

ओलीले प्राप्त गर्नुभएको मत यो निर्वाचनमा अहिलेसम्म सवैभन्दा बढी हो । २०४८ सालदेखि सोही क्षेत्रबाट चुनावमा प्रतिस्पर्धा गर्दै आउनुभएका पूर्वप्रधानमन्त्री ओली २०६४ सालको संबिधानसभा निर्वाचनबाहेक सवै निर्वाचनमा बिजयी बन्दै आउनु भएको छ ।

२०७९ मंसिर ७, बुधबार प्रकाशित 0 Minutes 352 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार