२०८१ फाल्गुन ७ बुधबार

“फेरिएको सत्ता समिकरण ” – ✍️रामराज अधिकारी

📝रामराज अधिकार
पार्टी प्रवक्ता,नेकपा एमाले मादि गा. पा. कास्की
> फेरिएको सत्ता समिकरण,
➡️चुनाव अगि लामो समय टिकाउने घोषणा गरेको दक्षिणपन्थी गठवन्धन प्रधानमन्त्री पदमा कुरा नमिल्दा एक्कासि परिवर्तन भइ टुटेको छ। प्रधानमन्त्रीको लागि मात्रै कुरा नमिल्दैमा गठवन्धन तोडेर एमाले सग नजाने घोषणा गरेका प्रचण्ड त्यहि प्रधानमन्त्री पदको लागि चुनावको गठवन्धन तोडेर एमाले सग गठवन्धन गरेपछि र जनताको म्यान्डेटलाई समर्थन गर्दै प्रतिपक्ष मा बस्ने जनाएको एमाले संविधान रक्षा लोकतान्त्रिक अभ्यासको रक्षा र चुनाव लाई मध्यवर्ती तिर जान नदिन सरकारको नेतृत्व गर्न तयार भएपछि राजनीतिमा असम्भव केही छैन भन्ने कुरा छर्लङ्ग भएको छ। जस्ले अहिले राजनितीक समिकरण फेरिएर चुनावी गठवन्धन टुटेर एमाले माओवादी सहितको गठवन्धनमा नयाँ सरकार बनेको छ।

>कसरि भयो त वामपन्थि सक्तिहरुको टुटफुट?
➡️ स्थापना देखिनै विवादित रहेको नेकपा २००६ साल बैशाख १० गते स्थापना भएको भन्नि बुजिएपनि भदौ ३० मा मा घोषणा भएकाले कसैले भदौ ३० मा स्थापना मान्ने गरेका छन त कसैले बैशाख १० मा । क.पुस्पलाल ले स्थापना गरेको नेकपा मा उहाँ महासचिव हुनुहुन्थ्यो २००६ सालको सम्मेलन पछि २००८ सालमा पनि क. पुस्पलाल लाई नै महासचिव छानियो तर केही समय हुन नपाउदै राजनीति समितिको बहुमत पुर्याई उहालाई मनमोहन ले महासचिव बाट हटाई आफू महासचिव वनेपछि झन विवादमा आएको नेकपा पछि विभिन्न असन्तुष्टि फुट हुँदै अहिलेसम्म सम्म आईपुग्दा धेरै टुक्रा टुक्रा भएको पाईन्छ जसले नेपाली कम्युनिस्ट आन्दोलनलाई तहसनहस बनाएको देखिन्छ सत्ता स्वार्थ, सिद्धान्तमा विवाद, पदलोप आदिले गर्दा तहसनहस भएको बाम जसले गर्दा विभिन्न बाह्य सक्तिहरु मिलेर नेपालको स्वाभिमान लाई हस्तक्षेप गर्न खोजेको पाईन्छ त्यसैले सबै वामपंथी एकजुट भएर देशलाई विकासतर्फ लम्क्याउनुको विकल्प देखिदैन
>सम्भव होला त वामपन्थि एकता?
➡️ एकाएक राजनितीमा परिवर्तन भएर एमाले माओवादि सहितको गठवन्धनमा सरकार वनेपछि धेरैले अब वामपन्थी एकता सम्भावनाको कुरा उठाउन थालेका छन,जनता कार्यकर्ताले पनि वाम एकता भएको हेर्न चाहेको बुज्न सकिन्छ। एमाले माओवादीका दोस्रो तहका नेताहरु पनि वामपन्थि एकताको लागि सक्रिय छन यसले गर्दापनि वाम एकता हुने सम्भावना नकार्न सकिँदैन।
अगिल्लो चुनावमा धन्नै २ तिहाइ ल्याएर पार्टी एकता गरि ने क पा बनेको एमाले माओवादी केही समयमै राजनीतिक स्वार्थका लागि फुटेपछि जनतामा निराश पैदा भएको थियो जसले यो चुनावमा एमाले ले केही अनुभव र माओवादी,नेकपा एस लगायतका पार्टीले राम्रै सजाय पाए। यसरी हेर्दा अब नेताहरुले फुट हैन जुट पार्टिको लागि हित छ भन्ने बुजिसकेका छन यसले गर्दा पनि वाम एकता सम्भावनाको ढोका खोलिसकेको छ।
यसरी हेर्दा एमाले माओवादी सहितका दोस्रो तहका नेताहरु वाम एकताका लागि सक्रिय रहेको देख्दा र काङ्ग्रेस सगको गठवन्धन टुटेर कम्युनिस्टको सरकार भएको अवस्था नेताहरूले आफ्ना केही गल्ति लाई सच्याउदै घमण्ड त्यागेर एक ठाउँ उभिने हो भने वाम एकताको लागि यो ठूलो अबसर हो र वामपन्थी एकता भएको खन्डमा कार्यकर्ता सहित जनतामा पनि खुशि छाउने थियो र देशले पनि निसकासको बाटो पाउने थियो।
➡️जे होस नेताहरुलाई शुभकामना ।🙏

२०७९ पुष १६, शनिबार प्रकाशित 1 Minute 637 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।