२०८० मंसिर २४ आईतवार

पोखराका पत्रकार मदनको जापानमा निधन !!

पोखराका पत्रकार मदनको जापानमा निधन
टोकियो , ९ माघ ।

जापानको राजधानी टोकियोमा एक नेपालीको निधन भएको छ । नेपालको कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित गैडामुख कुडहर स्थायी घर भएका ५५ वर्षिय मदनकुमार श्रेष्ठको टोकियोको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको मृत्यु उपचारको क्रममा शनिबार मृत्यु भएको बताइएको छ । श्रेष्ठ विगत ७ वर्षदेखि टोकियोको कावासाकीमा बस्दै आएका थिए । नेपालमा पत्रकारिता गर्ने क्रममा समयमा पारिश्रमिक नपाउदा विदेशीयका उनको मुत्र थैलीमा समस्या देखिएको थियो । ढिलै मात्रै रोग पहिचान भएकोले उपचारले पनि काम नगरेको बताइएको छ ।

श्रेष्ठ कूक पेसामा आबद्ध थिए । उनी जापानमा श्रीमतिसँगै बस्थे । श्रेष्ठको दाहसंस्कार शनिबार जापानमै हुने तयारी भइरहेको बताइएको छ । उनको दाहसंस्कार र पीडित परिवारको सहयोगका लागि जापानपस्थत संघसंस्था र व्यक्तिहरुलाई आर्थिक सहायताको लागि अनुरोध गरिएको छ

२०७९ माघ ९, सोमबार प्रकाशित 0 Minutes 276 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार