२०८१ बैशाख १३ बिहीबार

गायन रियालिटी शो सुपर भ्वाईस अफ त्रिवेणीको सम्पूर्ण तयारी पुरा !

पुरानालाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने उद्घोषकका साथ त्रिवेणी संगितालय पोखराद्धारा आयोजित सञ्चालन भइ रहेको गायन रियालिटी शो सुपर भ्वाईस अफ त्रिवेणीको सम्पूर्ण तयारी पुरा भएको छ ,।

यही माघ १४ गते शनिबार पोखरा उद्योग बाणिज्य हलमा अन्तिम प्रतिष्पर्धी २० जना गायक गायिकाको ग्राण्ड फिनाले हुने आयोजक संस्था त्रिवेणी संगितालयका प्रबन्ध सञ्चालक संगितकार तथा वरिष्ठ संगित प्रशिक्षक नवराज बरालले जानकारी गराउनुुभयो ।

आयोजक संस्थाले खुलाएको उक्त प्रतियोगितामा ११८ जना प्रतिस्पर्धीले भाग लिएका थिए । विभिन्न चरणका छनोट प्रक्रिया पार गर्दै अब्बल गायक गायिकाको पेचिलो प्रतिस्पर्धाबाट अन्तिम २० प्रतिस्पर्धीको प्रस्तुुति सहित एक भव्य संगितमय कार्यक्रमकै विचमा पहिलो सुपर भ्वाईस अफ त्रिवेणी घोषण हुने छ । अन्य उपविधामा पनि अन्तिम ५ जनालाई आयेजक संस्थाले पुरस्कार तथा सम्मान गर्ने प्रबन्ध सञ्चलक बरालले बताउनुुभयो ।

उक्त संगितको महासंग्राममा मुुख्य निर्णयकहरुमा सिडी विजय अधिकारी,अभिमन्युु विक्रम राणा,लक्ष्मी गिरी,सविना सुनाम र विजय गुरुङ रहनेछन् भने विजेताले नगद सहित गित रेकर्डिङको सुविधा पाउनेछन् । यस कार्यक्रम आयोजना हुनपुुर्व त्रिवेणी संगितालयद्धारा पोखरा लोकतारा १ र २ सिंङ्गिङ स्टार जुनियर सिनियर, शुुभकामना साङगीतिक साँझ लगायत सांङिगतिक क्षेत्रमा थुुप्रै कार्यक्रम आयोजना गरी संगित कलाको प्रवद्र्धन तथा उथ्थानमा उल्लेखनिय भुमिका खेलेको छ । पुरानालाई सम्मान नयाँलाई प्रोत्साहन गर्ने हेतुले विभिन्न समय सन्र्दभ र काल खण्डमा यस्ता खाले कार्यक्रम गर्दै जाने आयोजक संस्थाका निर्देशक/प्रशिक्षक सुनिल बरालले जानकारी गराउनुुभयो ।

२०७९ माघ १३, शुक्रबार प्रकाशित 0 Minutes 331 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार