![](https://bishwopati.com/wp-content/uploads/2023/02/80C2FC7A-3C0D-4D55-A13A-1419B3536CE4.jpeg)
जुनियर/ युबा संयोजक मा भण्डारी
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको युबा तथा जुनियर संयोजक मा रमेशराज भण्डारी चयन हुनुभएको छ । कास्की जिल्लाको ३४ औं जिल्ला अधिबेशन बाट लोकपिर्य मतका साथ निर्बाचित भण्डारी जुनियर र युबा सर्कलमा लामो समय काम गरेको साथै नेरेशो केन्द्रीय कार्यलयबाट उत्कृष्ट युबा को रुपमा पनि सम्मानित भईसक्नुभएको छ । कास्की जिल्लमा २०० वटा जुनियर / युबा सर्कल र सामुदाय तर्फ ५० गरि २५० सर्कल र करिब ३०००० सदस्य रहेको सर्कलहरुको संयोजक भण्डारी लाई प्रदान गरिएको हो । सामाजिक क्षेत्रमा अग्सर भण्डारी लामो समयदेखि रेडक्रस अभियानमा रहनुभएको र जुनियर रेडक्रस सर्कल माछापुच्छ्रे माबि कक्षा ८ मा सभापति बाट सुरु गर्नुभएको भण्डारी हाल ढिकुरपोखरि उपशाखाको सचिब हुँदै गत पौष ३० मा सम्पन्न कास्की शाखाको निर्बाचनमा लोकपिर्य मतले बिजयि हुनुभएको थियो ।