२०८३ जेष्ठ ५ मंगलवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला सेवा!

तुलसीपुर । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला सेवा सुरुआत भएको छ ।


प्रतिष्ठानका सूचना अधिकारी निशान दाजु भट्टराईका अनुसार अब विगतजस्तो हातले लेख्नु नपर्ने बताए । कम्प्युटरबाटै सबै रिपोर्ट आउने भएपछि सहज हुुने उनको भनाई छ । ‘विगतमा हातले रिपोर्ट लेख्नु पर्थ्यो, त्यो गर्दा केही त्रुटि पनि आउथे’, उनले भने, ‘अब सबै कम्प्युटरले आफैँ लेख्ने छ, त्यसले गर्दा त्रुटि पनि आउने छैन ।’

उनका अनुसार ‘फुल्ली अटोमेटिक सिस्टम’का लागि मेसिन जडान गरेर काम सुरु भएको छ । मेसिनबाट ‘अटोमेटिक’ प्रिन्ट भएपछि त्यसलाई क्रस भेरीफाइ गरेर मात्रै बिरामीलाई रिपोर्ट दिन थालिएको छ ।

यसले गर्दा विगतमा जस्तो त्रुटि प्रतिष्ठानले भोग्नु नपर्ने उनको भनाइ छ । यो मेसिन दाङमै पहिलो पटक भित्र्याइएको समेत सूचना अधिकारी भट्टराईको भनाइ छ । डिजिटल ल्याब सेवा सुरु भएसँगै सहज भएको उनले बताए ।

२०७९ फाल्गुन २९, सोमबार प्रकाशित 0 Minutes 531 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।