२०८१ फाल्गुन ७ बुधबार

पोखरा १८ को मतगणना बैशाख २० मा पुनः गर्न अदालतको आदेश

पोखरा १८ को मतगणना बैशाख २० मा पुनः गर्न अदालतको आदेश
निर्वाचन सकिएको झण्डै ११ महिनापछी उच्च अदालत पोखराले पोखरा महानगरपालिकाको १८ नम्बरको वडाको मतगणना बदर गरि पुन मतगणना गर्न आदेश दिएको छ । गत बैशाख ३० गते सम्पन्न निर्वाचनमा वडा अध्यक्ष पदको मत गणना यहि बैशाख २० गते अदालतको रोहबरमा गर्न अदालतले आदेश दिएको अदालतको सुचना अधिकृत विष्णु आचार्यले जानकारी दिए । मत गणना गर्दा ९ मत हराएको भन्दै वडाध्यक्षका उमेद्वार पुष्कल थापाले उच्च अदालत पोखरामा पुन मतगणनाको माग गर्दै निवेदन दिएका थिए । सोही निवेदन उपर फैसला गर्दै उच्च अदालत पोखराका कायम मुकायम मुख्यन्यायाधिश डिल्लिराज आचार्य र न्यायाधिश रिसिराज आचार्यको सम्युक्त इजलासले आज पुन मतगणना गर्न आदेश दिएको हो । गत बैशाख ३१ मा सम्पन्न स्थानिय निर्बाचनमा पोखरा महानगर पालिकाको वडा नम्बर १८ मा नेपाली कांग्रेसको तर्फबाट उमेद्वार बनेका शिवप्रसाद तिमिल्सिना ३ मतको अन्तरले विजयी भएका थिए भने एमालेका पुष्कल थापा पराजित भएका थिए । तिमिल्सिनाले १६४३ मत पाउदा थापाले १६४० मत पाएका थिए ।

२०७९ चैत्र २१, मंगलवार प्रकाशित 0 Minutes 318 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।