२०८३ असार १५ सोमबार

गोरखा केन्द्रविन्दु भएर भूकम्प !!

गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर मंगलबार साँझ ६ बजेर ५० मिनेटमा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का गोरखा, लमजुङ लगायत जिल्लामा महसुस गरिएको थियो।
यसअघि चैत १८ गते दोलखाको सुरी केन्द्रविन्दु भएर ५.२ र सोही दिन लमजुङको मालिङ केन्द्रविन्दु भएर ३.८ रेक्टरस्केलको भूकम्प गएको थियो।
नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।

२०७९ चैत्र २८, मंगलवार प्रकाशित 0 Minutes 330 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।