२०८१ बैशाख ८ शनिबार

साउनदेखि चैतसम्म नेपालबाट ३७ करोड ५२ लाख रूपैयाँको पानी निर्यात !!

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ३७ करोड ५२ लाख ७० हजार रुपैयाँ बराबरको पानी निर्यात भएको छ । भन्सार विभागका अनुसार ५९ लाख ५० हजार ८८३ लिटर पानी निर्यात भएको हो । सोही अवधिमा ७९ लाख ३८ हजार रुपैयाँ बराबरको ५९ हजार ३९९ लिटर पानी आयात भएको छ ।

नेपालको पानी जर्मन, भारत, जापान, अस्ट्रेलिया र भुटानमा निर्यात भएको छ । सबैभन्दा बढी पानी भारतमा ३७ करोड ४८ लाख ९५ हजार रुपैयाँ बराबरको ५९ लाख ४५ हजार ५२७ लिटर निर्यात भएको विभागको तथ्यांक छ । गत वर्ष यसै अवधिमा १५ करोड ५७ लाख ८७ हजार रुपैयाँ बराबरको २७ लाख ५६ हजार १२ लिटर पानी निर्यात भएको थियो । गत वर्ष अष्ट्रेलिया, फ्रान्स, जापान, कतार, युएई, पोल्याण्ड, युके र भारतमा निर्यात भएको थियो ।
विभागका अनुसार गत वर्ष पनि सबैभन्दा धेरै भारतमा १५ करोड ३० लाख १७ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । सोही अवधिमा ५६ लाख ३० हजार रुपैयाँ बराबरकाे पानी आयात भएको छ । ४६ हजार २८ लिटर पानी चीन, भारत, जापानलगायत विभिन्न मुलुकबाट आयात गरिएको हो ।

२०८० बैशाख ७, बिहीबार प्रकाशित 0 Minutes 196 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार