२०८१ बैशाख १३ बिहीबार

चितवन–२ मा रवि लामिछाने ४२ हजार ९६२ मतान्तरले विजयी !

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ४२ हजार ९६२ मतान्तरले विजयी भएका छन् ।
सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार लामिछाने ५४ हजार १७६ मत ल्याएर विजयी भएका हुन् ।
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत पाए । नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपाने १० हजार ९३६ मतसहित तेस्रो स्थानमा रहे ।
गएको मंसिर ४ गते भएको निर्वाचनमा यहाँबाट लामिछाने नै निर्वाचित भएका थिए । नागरिकता प्रकरणमा उनले पद गुमाएपछि रिक्त स्थानका लागि उपनिर्वाचन भएको हो ।
गएको आइतबार भएको मतदानमा यहाँ कुल ७८ हजार २७७ मत खसेको थियो । चितवन–२ मा २२ उमेदवार प्रतिस्पर्धामा थिए ।

२०८० बैशाख १२, मंगलवार प्रकाशित 0 Minutes 196 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार