२०८१ चैत्र ११ सोमबार

गण्डकीका नवनियुक्त मुख्यमनत्री पाण्डेले बिहिबार विश्वासको मत लिने तयारी !

  • मदनमणी तिमिल्सीना
    पोखरा , १७ बैशाख ।
    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बैशाख २१ गते बिहीबार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री पाण्डेले बैशाख २१ गते दिउँसो २ बजे आफूले विश्वासको मत लिने बताए ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २१ वैशाखमा प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सिफारिस गरेको थियो । उक्त सिफारिस अनुसार प्रदेश प्रमुख गुरुङले २१ वैशाखको दिउँसो २ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

१४ वैशाखमा मुख्यमन्त्री नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेले १५ वैशाखमा शपथ ग्रहण गर्नुका साथै २ जना मन्त्री नियुक्त गरेका छन् । पाण्डेले कांग्रेसका २७, नेकपा माओवादीका ७ र एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ ‘दीपक मनाङे’ले समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । सोही आधारमा प्रदेश प्रमुख गुरुङले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

२०८० बैशाख १७, आईतवार प्रकाशित 0 Minutes 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार