पोखरा ०८ । पोखराको न्युरोडमा रहेको सिता एन्ड सन्सले पोखरामा चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।
पोखरामा एउटा आर्ट ग्यालरीको स्थापना गर्ने उद्देश्यका साथमा यो प्रतियोगिता आयोजना गरिएको हो ।
“पोखराजस्तो सुन्दर सहरमा एउटा पनि आर्ट ग्यालरी छैन, भएको पनि हटाइयो । यहाँ एउटा ग्यालरीको ठूलो खाँचो छ । त्यसैका लागि मैले सानो पहलसुरु गरेको छु,” सिता एन्ड सन्सका प्रोप्राइटर रविश्वर आचार्यले भने ।
उनले कक्षा ७ देखि १० सम्म एउटा तह र अर्को ११ र १२ कक्षाका विद्यार्थी सहभागी हुन सक्ने गरि तह निर्धारण गरिएको बताए ।
“यो स्कुल तहको प्रतियोगिता हो । अर्कोपल्ट कलाकारलाई समेटेर प्रतियोगिता आयोजना गर्ने तयारी गरेका छौँ, त्यसपछि ओपन प्रतियोगिता गर्नेतयारीमा छौँ,” उनले भने ।
पोखरामा आर्ट ग्यालरी स्थापना गर्नकै लागि यस्ता कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।
“कक्षा ७ का विद्यार्थी र १२ कक्षाको परीक्षा दिएका विद्यार्थीलाई प्रतिष्पर्धामा सहभागी गराउँदा समस्या हुन्छ कि भनेर हामीले छुट्टाछुट्टै तह बनाएका हौं,” आचार्यले बिश्व पाटि सँग भने ।
कास्की जिल्ला स्तरीय अन्तर मावि चित्रकला प्रतियोगिता आयोजना गर्न लागिएकाले कास्कीका ७ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीले भाग लिनसक्नेछन् ।
प्रतियोगिता वैशाख २२ गते शुक्रबार हुनेछ ।