२०८२ जेष्ठ ७ बुधबार

विश्व शान्ति र प्रेम शिर्षकमा चित्रकला प्रतियोगिता भब्य रुपमा सम्पन्न :

पोखरा , २२ वैशाख ।

२५६७ औं वुद्ध जयन्तीको अवसरमा सिता एण्ड सन्सले आयोजना गरेको कास्की जील्ला माध्यमिक तह स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ७ देखि १० सम्मको प्रतियोगीतामा मदरल्याण्ड मा विका एन्जल नेपाली पहिलो , कुम्दिनी होम्सका अविस्था पालिखे दिस्रो , वालोदय माविका इसिवा पौडेल तेस्रो र हिमालचन स्कुलका आविष्कार लामिछाने सन्तवना भए । उनिहरुले क्रमश हाइसेन्सको ३२ इन्चको एचडी टीभी , कोनका २२०० वाटको भ्याकुम क्लिनर, डाईकोमको वाटर डिस्नेपन्सर हट एन्ड कोल्ड र लिभ्प्युरको वाटर फिल्टर पुरस्कार प्राप्त गरे ।
दश जोड २ तर्फ सैनिक आवासिय माविका सन्दिप लामा पहिलो, मदरल्याण्ड माविका कपिलराज गाहा दोस्रो ,सृजना माविका लक्ष्मण पोख्रेल तेस्रो र शिशुनिकेतन माविका पुर्ण कुमार गुरुङ्ग सान्तवना भए । पहिलो, दोस्रा, तेस्रो र सान्तवना हुनेले क्रमशः ३२ इन्चको स्मार्ट टीभी , खिन्डको एयर फायर, नियोको स्प्रिङ आरओ फिल्टर र  केन्टको वाटर फिल्टर प्राप्त गरे । यसबाहेक प्रतियोगीतामा सहभागी मध्येबाट ५ जनालाई गोला प्रथाको माध्यमबाट डिक्स होम्को सेटअप बक्स प्याकेज प्रदान गरियो ।
पोखरा ७ मासबार स्थित श्रि कृष्ण माविमा आयोजित प्रतियोगितामा कास्की जील्ला भित्रका विभिन्न विद्यालयबाट ८१ जना प्रतियोगीले विश्व शान्ति र प्रेम शिर्षकमा २ घण्टा ३० मिनेट लागाएर आफ्नो चित्रकला प्रस्फुटन गरे ।
यस अघि कार्यक्रमको क्यान्वासमा चित्र कोरेर उद्घाटन गर्दै प्रमुख अतिथि वरिष्ठ कलाकार दुर्गा बराल (वात्सायन) ले व्यवसाय क्षेत्रबाट नव कलाकारलाई प्रस्फुटन गराउन प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे । पोखरा महानगर पालिका वडा नं. ७ का वडा अध्यक्ष राम मोहन आचार्यले यस किसिमका कार्यक्रममा वडाको पनि साथ र सहयोग रहने वताए । प्रतियोगिताको सहकार्य संस्था सृजनशिल कलाकार समुहका अध्यक्ष मिलन शेरचनले यस्ता कार्यक्रमले विधार्थी तथा नव कलाकारलाई आफ्नो कलालाई निरन्तरता दिन हौसला मिल्ने बताइन् । निर्णायक मण्डलका संयोजक सृजनशिल कलाकार समुहका सल्लाहकार लोक प्रसाद गुरुङ्गले सबै सहभागी प्रतियोगीको चित्रकला उत्कृष्ट रहेको र आफ्नो कलालाई निरन्तरता दिन आग्रह गरे ।
सिता एण्ड सन्सका संचालक सावित्री आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत मन्दिप आचार्य र संचालन सृजनशिल कलाकार समुहका कार्यवाहक अध्यक्ष दलबहादुर गुरुङले गरेका थिए !

२०८० बैशाख २२, शुक्रबार प्रकाशित 0 Minutes 558 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार