२०८१ माघ २७ आईतवार

त्रिकेटर केसी र फुटबलर सावित्रा सर्वोत्कृष्ट !!

पोखरा स्पोर्टस अवार्डको सातौं संस्करणको वर्षोत्कृष्ट खेलाडीमा पुरुषतर्फ नेपाली राष्ट्रिय त्रिकेटका खेलाडी करण केसी र महिलातर्फ फुटबलकी सावित्रा भण्डारी साम्बा घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बर्सेनि अवार्ड वितरण गर्दै आइरहेको छ । उपाधिसँगै दुवै खेलाडीले टेल्जीको इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् । पुरुषतर्फ करणसँगै आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का मनोनयनमा परेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी केसीको जन्म बागलुङमा भएको थियो । राष्ट्रिय टोलीबाट एक दिवसीय क्रिकेटमा बलिङ तथा फिल्डिङमा ४० खेलमा खेलेका छन् । उनले त्यस अवधिमा ३ सय १४ रन बनाएका छन् । यसैगरी टि–२० मा ४३ खेल खेल्दै २ सय ८९ रन बनाएका छन् । बलिङतर्फ एक दिवसीय क्रिकेट प्रतियोगितामा ४० खेल खेल्दै ६१ विकेट लिएका उनले टि–२० मा ४३ खेल खेल्दै ६० विकेट लिइसकेका छन् । करणले नेपाललाई आइसिसी विश्वकप लिग–२ मा शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोटमा पु¥याउनुको साथै आगामी चारवर्षसम्मलाई ओडिआई मान्यता जोगाउन महत्वपूर्ण योगदान दिएका थिए । नेपालका तीव्र गतिका बलर करण केसीले लिग–२ मा सानदार प्रदर्शन गर्नेक्रममा ३० खेलमा २१५.५ ओभरमा १ हजार १ सय ३ रन खर्चेर ५० विकेट लिए । १५ ओभर मेडन राखेका करणले तीन पटक पाँच विकेट लिए । उनले तीन पटक ४ विकेट लिएका थिए । गतवर्ष ओमानविरुद्ध दुबै खेलमा पाँच–पाँच विकेट लिएका थिए । त्यस्तै २०२० मा ओमान र अमेरिकाविरुद्ध टियु मैदानमा लगातार दुई पटक चार विकेट लिएका थिए । उनी समग्र लिग–२ मै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा छैटौं स्थानमा छन् । केसी भ्यालेन्टाइन ब्वाईका रुपमा समेत चर्चित छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध कीर्तिमानी पाँच विकेट लिएका थिए । करण ओडिआई क्रिकेटमा पाँच विकेट ३ पटक लिने नेपाली पहिलो खेलाडी हुन् । उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा क्रिकेटबाट स्वर्ण पदक जित्न सफल भए । यसका साथै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता सर्वोत्कृष्ट ब्याट्समेन चुनिए । ५ खेलमा ३४ ओभर बलिङ गर्दै १ सय २२ रन खर्चेर १३ विकेट लिएका करणले सेमिफाइनल खेलमा ६ विकेट लिए । ‘यसरी नै खेलाडीलाई सम्मान गरेर फ्युचरमा अझै राम्रो गर्ने मौका दिनु भएकोमा हार्दिक धन्यवाद,’ पुरस्कृत भइसकेपछि खेलाडी केसीले प्रतिक्रिया दिए । यसअघि यो विधाबाट सितेरियो कराँतेका हेमन गुरुङ, लन टेनिसका कुमार अधिकारी, शारीरिक सुगठनका कमल भण्डारी, प्याराग्लाइडिङका युकेश गुरुङ, कराँतेका नविन रसायली र टेनिसका प्रदीप खड्का पुरस्कृत भइसकेका छन् । त्यस्तै महिलातर्फ पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणको सर्वोत्कृष्ट फुटबलकी सावित्रा भण्डारी घोषित भएकी छन् । तर, उनी हाल खेलको दौरान भारतमा रहेकाले उनको पुरस्कार परिवारका सदस्यले ग्रहण गरेका थिए । उत्कृष्ट ३ मा सावित्रासँगै आर्चरीकी रोजिना थापामगर, आइटिएफकी सुस्मिता थापामगर परेकी थिइन् । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर २६ वर्षीया सावित्रा भण्डारी ‘साम्बा’ लमजुङमा जन्मिएकी हुन । १२ वर्षको उमेरदेखि खेल्न सुरु गरेकी उनी फुटबलभन्दा अघि एथलेटिक्स र भलिबल खेलाडी हुन् । उनले ०६९ मा भएको राष्ट्रपति रनिङ अन्र्तगत १०० मिटर दौडमा स्वर्ण जितेकी थिइन् । २०७० सालबाट फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा डेब्यु गरिन् । सन २०१४ मा सम्पन्न साफ च्याम्पियनसिपमा उनले देशको प्रतिनिधित्व गदै पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाइन् । त्यसपछि हालसम्म गरी उनले देशको प्रतिनिििधत्व गदै एक दर्जन अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेकी छन् । उनी ०७० सालदेखि विभागीय एपिएफ क्लबसँग आवद्ध छिन् । उनी भारतको क्लवमा समेत आवद्ध रहदै विभिन्न प्रतियोगिताहरुमा सहभागी हुँदै आएकी छिन् । यसअघि यो विधाको अवार्ड प्राप्त गर्ने खेलाडीमा भलिबलकी मञ्जु गुरुङ, सितेरियो कराँतेकी बिमला नेपाली, तेक्वान्दोकी पार्वती गुरुङ, कराँतेकी सुष्मी श्रेष्ठ छन् । भलिबलकी अरुणा शाहीले २ पटक सर्वोत्कृष्ट महिला खेलाडी बनेकी थिइन् । सुवास उदीयमान, स्व. निसिमलाई कीतिशेष पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणको वर्षोत्कृष्ट उदीयमान खेलाडी क्रिकेटका सुवास भण्डारी घोषित भएका छन् । उनीसँगै उत्कृष्ट ३ मा परेका फुटबलका सुमित श्रेष्ठ र भलिबलका रवि केसीलाई पछि पार्दै उनी वर्ष उदीयमान खेलाडी घोषित भएका हुन् । १९ वर्षीय सुवास भण्डारी नेपाली राष्ट्रिय यु १९ का पहिलो रोजाइका अलराउन्डर हुन् भने गण्डकी प्रदेशका सोही टोलीका टिम कप्तानसमेत हुन् । नेपाललाई यु १९ विश्वकप छनोटमा पुर्याउन उनको ठूलो योगदान रह्यो । नेपालले क्रीकेटको यु १९ विश्वकप खेल्दैछ । भण्डारीले यसअघि विश्वकप छनोटका लागि पाँच खेल खेले । पाँच खेलमा उनले कुल ७ विकेट लिए । चार खेलमा उनले विकेट लिएका हुन् । सिंगापुर विरुद्ध १० ओभरमा २३ रन खर्चेर २ विकेट लिए । हङकङ विरुद्धको खेलमा १० ओभरमा १० रन खर्चेर २ विकेट लिए । मलेसिया विरुद्धको खेलमा ९ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । युएई विरुद्ध १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । भण्डारी बागलुङमा जन्मिएपनि खेलथलो भने कास्की हो । कास्कीमा नै रहने क्रीकेट सुरु गरिरहेका उनी गण्डकीका मुख्य खेलाडी मध्येकै एक हुन् । राष्ट्रिय टिममा पर्नुअघि भएको प्रदेशस्तरीय छनोट खेलमा ६ खेल्दा १४ विकेट लिएका थिए । उनले विकेटमात्र होइन ६ खेलमा १२४ रन बनाएका थिए । प्रदेश छनोट पश्चात उनी सुरुआती २८ मा पर्न सफल भए । उक्त क्याम्पमा ५ खेलमा १५ विकेट लिँदा कुल १ सय २० रनसमेत बनाए । २८ पछि अन्तिम १८ हुँदै अन्तिम १४ मा पर्न सफल भए । त्यस्तै, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा दुर्घटनामा परी मृत्यु भएका खेलाडी २८ वर्षीय निसिम थापालाई खेलकुद पत्रकार मञ्च, गण्डकीले कीर्तिशेष सम्मान अर्पण गरेको छ । थापाको प्रतियोगिताकै क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा गत असोज ३० गते थापाको मृत्यु भएको थियो ।

२०८० बैशाख २३, शनिबार प्रकाशित 0 Minutes 166 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।