
पोखरा, राष्ट्रिय युवा संघ नेपाल को ३४ औं स्थापना दिवसको अवसरमा जिल्ला कमिटी कास्कीले भब्य रुपमा सम्पन्न गरेको छ। राष्ट्रिय युवा संघ नेपाल कास्किले आयोजना गरेक सम्मान तथा शुभकामना कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल का पुर्ब केन्द्रिय अध्यक्ष तथा नेकपा एमाले पाटि सचिब माननिय गोकर्ण बिष्ट को प्रमुख आथित्यतामा, नेकपा एमाले केन्द्रिय सदस्य हरु, प्रदेश का नेताहहरु, जिल्ला कमिटि का नेता हरु लगाएत जिल्ला भरका ४०० बढि युवाहरुको सहभागिता रहेको थियो।
३४ औं स्थापना दिवसको अवसरमा कस्किका पुर्ब जिल्ला अध्यक्षहरु बिध्या बिमल बराल , बैन बहादुर गुरुङ , जिबन आचर्य , हरि लम्साल, दर्शन लामा, नबराज ओझा , बिस्णु पुन, डिल्ली राम सुबेदि, लाइ सम्मान गरेको थियो भने स्थानिय निकायको कास्कीको ७२ ओटा वडा मध्य उत्कृष्ट वडा पोखरा महानगर वडा न ०८ कमिटि र उत्कृष्ट स्थानिय ०५ पालिका मध्य अन्नपूर्ण गाउपालिका कमिटि लाइ उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको थियो । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीले जेठ महिना भरी नै बिबिध कार्यक्रम हरु गर्ने जनाएको छ्।युवा संघ कास्कीले आज प्रमुख बक्तालाइ मात्र प्रशिक्षणतमक मन्तब्य राख्न दिएर नयाँ खालको झल्को र उदाहरण दिएको थियो। सो कार्यक्रमको सन्चालन युवा संघ कास्कीका सचिब नमराज के सि ले गरेका थिए भने कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष पान बहादुर जिसि ले गरेका कुरा प्रचार बिभाग प्रमुख सुनिल खड़काले बिश्वपाटीलाई बताए ।