२०८१ बैशाख ८ शनिबार

मानव सेवा आश्रमलाई वडा नम्बर ७ ले वार्षिक पचास हजार रुपैयाँ बराबरको खाद्यान्न र सामाग्री दिने !

  • पोखरा, १२ जेठ । पोखरा महानगरपालिका वडा नम्बर ७ ले पदस्थापन दिवसमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । पोखरा २५ हेमजामा रहेको मानव सेवा आश्रममा पचास हजार रुपैयाँ बराबरको खाद्यान्न दिएर पदस्थापनको पहिलो बर्ष मनाएको हो ।

वडा अध्यक्ष राम मोहन आचार्यले राज्यका सबै नागरिकको अभिभावक सरकार भएको र तिनै तहको सरकारले आफ्नो भुमिका निर्वाह गर्न तर्फ ध्यानाकर्षण गराउनु भयो । यो सहयोग वडाले निरन्तर गर्ने बताउँदै आचार्यले भन्नुभयो , “मानव सेवा आश्रमको स्थापनले धेरै मानिसको उद्घार भएको छ । यो पाँच बर्षको कार्यकालमा वार्षिक रुपमा हरेक बर्ष पदस्थापन दिवसका दिन हामी पचास हजार रुपैयाँ बराबरको खाद्यान्न र सामाग्री सहयोग गर्ने प्रतिबद्धता गर्दछौँ।” पछिल्लो समय पितृ कार्य, जन्म दिन जस्ता कार्यक्रम मानव सेवा आश्रममा गर्नेको संख्या बढेको भन्दै मानवीयता अमर रहेको बताउनु भयो । यस्तै आवश्यकता अनुसार आश्रमलाई जुनसुकै समयमा पनि सहयोग गर्न तयार रहने पनि बताउनुभयो ।

वडा सचिव राजेन्द्र
जुनसुकै धर्मले मानव सेवालाई ठूलो धर्म मान्ने भन्दै एकले अर्कोलाई सहयोग गरे कोहि पनि आफन्त बिहिन नहुने बताउनु भयो । सडक बालबालिका, बेवारिसे बनी हिडेका र मानसिक सन्तुलन गुमेका नागरिकको जिम्मेवारी मानव सेवा आश्रमले लिएकोमा राज्यको ठूलो जिम्मेवारी कम गराएको बताउनु भयो ।

७ वटै प्रदेशको १९ जिल्लामा २३ सेवा केन्द्र रहेको मानव सेवा आश्रम पोखरामा हेमजा र छोरेपाटन गरि दुई ठाउँमा सेवा केन्द्र सञ्चालनमा रहेका छन । आश्रमका कास्की संयोजक सदिस पुनका अनुसार हेमजा शाखामा १०५ जसमा ९१ जना मानसिक रोगी र १४ जना अन्य आशृत छन । यस्तै ७० जना आशृत रहेको छोरेपाटन सेवा केन्द्रमा ४१ जना मानसिक र २९ जना अन्य किसिमका मानिस आशृत छन ।

पोखरा महानगर पालिकाले गत बर्ष बैशाख ३१ को स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई जेठ १२ गते सपथ गराइ पदस्थापन गरेको थियो ।

पदस्थापन दिवसको अवसर पारेर वडाले कार्यलयमा राष्ट्रिय झण्डा फहराएको छ । यस अघि झण्डा स्तम्भ नभएकोले निर्माण गरि पदस्थापनका दिनमै राष्ट्रको पहिचान राष्ट्रिय झण्डा वडा कार्यालय फहराउन लागेको वडाले जनाएको छ ।

यस्तै अध्यक्ष राम मोहन आचार्यले वडामा आउने सेवाग्राहीलाई फोटोकपी र प्रीन्टको सेवा प्रदान गर्न ब्यक्तिगत रूपमा प्रीन्ट मेसिन सौजन्य गर्नु भएको छ । प्रीन्ट तथा फोटोकपी सेवा नजिक नभएको र सेवा ग्राहीको सेवामा असुबिधा नहोस भनी ब्यक्तिगत रुपमा प्रीन्ट मेशिन उपलब्ध गराएको अध्यक्ष आचार्यले बताउनु भयो । साथै प्रीन्ट तथा फोटोकपी निशुल्क गरिने पनि जान्ककारी दिनु भयो ।

२०८० जेष्ठ १२, शुक्रबार प्रकाशित 0 Minutes 196 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार