२०८१ चैत्र ८ शुक्रबार

नेपाल विद्यालय कर्मचारी परिषद् कास्किले सेवा सुविधाको माग गर्दै शिक्षा विकास तथा समन्वय एकाइ कास्किमा धर्ना ! !

पोखरा,  नेपाल विद्यालय कर्मचारी परिषद् कास्किले सेवा सुविधाको माग गर्दै शिक्षा विकास तथा समन्वय एकाइ कास्किमा धर्ना दिएको छ।

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी (लेखापाल र कार्यालय सहयोगी को सेवा सुविधामा विभेद गरेको भन्दै आज समन्वय एकाइमा नेपाल विद्यालय कर्मचारी परिषद् कास्किमा धर्ना दिएको हो।

साथै विद्यालय कर्मचारी परिषद्ले आजै शिक्षा विकास तथा समन्वय एकाइ कास्किका प्रमुख लोकनाथ आचार्यलाई विभिन्न मागसहित ज्ञापनपत्र समेत बुझाएको छ। सरकार र विद्यालय कर्मचारी परिषद्‌बीच विभिन्न समयमा भएका सम्झौता कार्यान्वयनका लागि दबाब दिन धर्ना कार्यक्रम गरिएको नेपाल विद्यालय कर्मचारी परिषद् अध्यक्ष हरिश बास्तोला बताए।

आव २०८०।०८१ को सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा विद्यालय कर्मचारीको सेवा सुविधा सुनिश्चित गर्ने उल्लेख गरिएको विषय हटाएका कारण आन्दोलनमा उत्रनुपरेको सचिब किशन भण्डारी ले बताए।

२०८० जेष्ठ २५, बिहीबार प्रकाशित 0 Minutes 329 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार