२०८० मंसिर २४ आईतवार

१२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन !!

५ भदौ, काठमाडौं । १२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । उनीहरू केही समयदेखि आफू कार्यरत कार्यालयमा सम्पर्कमा नआएको सशस्त्र प्रहरी बल, केन्द्रीय कार्यालयले जनाएको छ ।

सम्पर्कविहीन हुनेहरूमा दुई जना हवल्दार र १० जना जवानहरू रहेका छन् ।कोही बिदामा गएर सम्पर्कविहीन भएको र कोही आफुखुसी ब्यारेक छाडेर सम्पर्कमा नरहेको कार्यालयले सूचना जारी गरी जानकारी गराएको छ ।

सम्पर्कविहीन हुनेहरूमा छिन्नमस्ता बाहिनी महोत्तरीमा कार्यरत हवल्दार त्रियुगा नगरपालिका-१६ का ध्रुवकुमार बस्नेत, बिओपी टेपरी बर्दियामा कार्यरत हवल्दार बाँसगढी-३ का हरि किसुन थारु रहेका छन् ।
यस्तै, जवानहरूमा झापाका  प्रेम बुढाथोकी, उदयुपुरका गायत्रा बोहरा, मोरङका लिलाबहादुर लिम्बु, हुम्लाका बिरजन रोकाया, सिरहाका संतोषकुमार यादव, दैलेखका सुरेश थापा, दैलेखकै भरतबहादुर खड्का, बैतडीका दीपकराज कपाडी, नुवाकोटका प्रविन तामाङ र कैलालीका अमानत शेष रहेका छन् ।

कार्यालयको सम्पर्कमा नआएका १२ जनालाई नै सात दिनभित्र गैरहाजिर हुनुको मनासिव कारणसहित सम्पर्कमा आउन सूचना जारी भएको छ । सम्पर्कमा नआए कारबाही प्रक्रिया बढाउने सशस्त्र प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ ।

२०८० भाद्र ५, मंगलवार प्रकाशित 1 Minute 183 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार