२०८१ बैशाख १४ शुक्रबार

प्रवासी नेपाली मंच न्यु साउथ वेल्स राज्य कमिटी, अस्ट्रेलियाले बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने ।

प्रवासी नेपाली मंच अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्य कमिटीले यही आऊदो २०२१ सेप्टेम्बर ११ ग़ते शनिबार सिड्नीको समय अनुसार साँझ ६:३० बजे देखी भर्चुअल जुम मार्फ़त “मातृभूमिको निर्माणमा सम्पूर्ण प्रवासी नेपालीहरू एकजुट होऔ” भन्ने मुल नाराका साथ बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

प्रवासी नेपाली मंच, न्यु साउथ वेल्स राज्य कमिटीको सचिव शिव पौडेलका अनुसार नेपाल सरकारका नि-वर्तमान पररास्ट्र मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी, एमाले का सचिव प्रदीप ज्ञवाली कार्यक्रममा मुख्य वक्ताको रुपमा रहनु भएको छ । उनले अहिलेको नेपालको राजनैतिक अवस्था, जनताको बहुदलीय जनवाद (जबज) को बारेमा अनी सरकार संचालन गरि रहदा बाहिरी अनी नेकपा एमाले भित्रको आन्तरिक चुनौती र परिवेश संगै अन्य देशका राज्य प्रमुख तथा कार्यकारी हरू संगको सम्बन्ध अनी त्यहा रहेका नेपालीहरू बिचको अवस्थाको बारेमा नेपाल सरकारले कसरी नियाली रहेको छ भन्ने शीर्षकमा बोल्ने भएका छन ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी एमालेका केंद्रीय कमिटी सदस्य तथा प्रवास समन्वय कमिटीका इंचार्ज राजन भट्टराइ भने कार्यक्रममा दोस्रो वक्ताको रुपमा छन उनले प्रवास कमिटीहरु र पार्टी कमिटी बिचको निरन्तर सम्पर्क अनी नेकपा एमाले प्रति प्रवासमा रहेका नेपालीहरूको धारणा र बिचार संगै आऊदो दिनमा कसरी रोडम्याप बनाएर लाने बिषयमा बोल्ने छन ।

र तेस्रो वक्ताको रुपमा प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटीका सचिव र अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले हाल बिद्दमान परिस्थिति र प्रवासमा पार्टी भित्रको कार्यकर्ताको अवस्था अनी आगामी दिनमा नेकपा एमाले लाई कसरी प्रवासमा बलियो र संगठन विस्तार लगायतका कुराहरूमा धारणा व्यक्त गर्ने छन ।

कार्यक्रम जुम मार्फ़त हुने हुदा सबैजना लाई सजीलों हुने कुरा न्यु साउथ वेल्स राज्य कमिटीका उपाध्यक्ष सिताराम घिमिरेले बताए ।

त्यस्तै न्यु साउथ वेल्स राज्य कमिटीका अध्यक्ष कृष्ण सापकोटाले वर्तमान समयमा नेकपा एमाले का अध्यक्ष तथा निवर्तमान प्रधानमंत्री केपी ओलीप्रति गरीएको जून घेराबन्दी छ त्यसले सिंगो पार्टी र हिजो जनताले दिएको अभिमतको कदर नभएको हुदा त्यस्को निम्ति एकजुट भई लाग्नका निम्ति प्रवास बाट सम्पूर्ण नेपालिहरु एकजुट हुन आग्रह समेत गरेका छन ।

२०७८ भाद्र २२, मंगलवार प्रकाशित 1 Minute 785 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार