२०८१ चैत्र ८ शुक्रबार

एनआरएनएको अध्यक्षमा चार जना उम्मेदवार !!

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ।
मंगलबारबाट हुने निर्वाचनमा अध्यक्ष पदका लागि रुसका डा. बद्री केसी, जापानका महेश कुमार श्रेष्ठ, अमेरिकाकी रविना थापा र कतारका राजेन्द्र कुमार श्रेष्ठले उम्मेदावरी दर्ता गराएका हुन्।  तीन जनाले हिजो उम्मेदवारी दर्ता गरेका थिए भने आज रविना थापाले दर्ता गरिन् ।

६ जना उपाध्यक्षका लागि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उपाध्यक्षमा क्यानडाका चिरञ्जवी घिमिरे, अष्टे«लियाका धर्मराज अधिकारी र अभिमानसिंह बस्नेत, जर्मनीका विजय मोक्तान लगायत १८ जना छन् । एक महिला उपाध्यक्षका लागि बेलायतकी रोजिना प्रधान राई र साउदी अरेवियाकी यास्मिन बेगम सायद प्रतिस्पर्धा गर्दैछन्।

१ युवा उपाध्यक्षमा कतारका अब्दुल बासिद र जाम्बियाका रोशन थापाले उम्मेदवारी दर्ता गराएका छन्। महासचिवका लागि बुद्धिसागर सुवेदी र गौरीराज जोशीको उम्मेदवारी परेको छ। २ उपमहासचिवका लागि ५ जनाको उम्मेदवारी छ।

६ सचिवमा १५ जनाको उम्मेदवारी छ। १ महिला सचिवका लागि क्यानेडाकी बिमला सापकोटा र हङकङकी राधिका गुरुङ प्रतिस्पर्धी बनेका छन्। कोषाध्यक्ष पदकोलागि जापानका सुदन के थापा र यूएईका ठाकुर प्रदाद ढुंगाना भिड्दैछन्।

३ सह कोषध्यक्षकोलागि ६ जना उम्मेदवार बनेका छन्। १ महिला सह कोषाध्यक्षमा अमृता थापा र त्रिशा शर्मा छन्। महिला संयोजकमा अनुजा प्रधान र देवकी खत्री गुरुङ छन्।युवा संयोजकमा रविन अधिकारी र सुपेन्द्र घिसिङको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

२०८० आश्विन २९, सोमबार प्रकाशित 0 Minutes 365 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार