२०८१ बैशाख १७ सोमबार

श्री विन्ध्येश्वरी युवा क्लब पोखरा १९ तल्लाकोट ठाँटीले २६ औ वार्षिक साधारण सभा भब्य रूपमा सम्पन्न !!

श्री विन्ध्येश्वरी युवा क्लब पोखरा १९ तल्लाकोट ठाँटीले २६ औ वार्षिक साधारण सभा एक भव्य कार्यक्रमका विच कोटमौला मन्दिर परिसरमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको अध्यक्षतामा क्लवको अध्यक्ष श्री थमकुमार के.सोले गर्नु भएको थियो ।भने पोखरा मनपा वडा नं. १९ का जनप्रतिनिधि तथा पूर्व अध्यक्ष श्री विकास कुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।।

उक्त कार्यक्रममा क्लवले २६ औ बसन्त पार गरेको उपलक्ष्यमा संस्थाले रजत्जयन्ती मनाऊन मुल आयोजक समिति गठन गर्यो । थमकुमार केसीको संयोजकमा १५१ मूल आयोजक समिति गठन गरी विभिन्न उपसमिति गठन भएको छ ।क्लवले बिगतका वर्षमा झै यस वर्ष पनि महाशिवरात्रिको अबसरपारि विभिन्न खेलकुद कार्यक्रम गर्ने भएको छ सोही अवसरमा रजतजयन्ती मनाउन लागेको क्लबका अघ्यक्ष थम कुमार केसी ले जनाउनु भयो ।

सास्कृतिक, सामाजिक र रचनात्मक कार्यक्रम गर्दै आएको वलवले यस वर्ष बिबिघ कार्यक्रम सहित रजत जयन्ती मनाउन लागकोमा वडा सदस्य तथा क्लवका पूर्वका अध्यक्ष बिकास कुमार आचार्य बताऊनु भयो साथै युवाहरुले देस आमुल परिवर्तन गर्नका लागि जोस जागर स्वदेशमा नै लगानि गर्ने र उत्पादन जोडिनका निम्ति आवाहन गर्दै पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाऊनु भयो |

कार्यक्रम सन्चालन मिति २०८०फाल्गुन २२ गते उद्घाटन गरी २६ गते सम्म सन्चालन गरी चौथो दिन मा समापन गरिनेछ कार्यक्रमा अन्तर क्लब भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम , डोरी तान्ने , नृत्य प्रतियोगिता, लगायत अन्य प्रतियोगिता हुनेछन उक्त कार्य सन्चालन गर्नका लागि निम्ति विभिन्न उपसमिति गठन गरिएको छ ।

१) स्मारिका छुपाई उप समिति संयोजक गोविन्द प्र. आचार्य

२)सम्पादन मन्डल उपसमिति
संयोजक मिनराज ढुड्गाना

३) खोज तथा अनुसन्धान उपसमिति संयोजक बिकास कुमार आचार्य

४)आर्थिक संकलन उपसमिति संयोजक मान वहादुर के सी

५) विज्ञापन संकलन उपसमिति संयोजक भोज वहादुर केसी

६) खेल उपसमिति
संयोजक नारायण केसी

७) मन्च व्यवस्थापन उपसमिति संयोजक राजु केसी

साथै उक्त कार्यक्रममा शुभकामना मन्तव्य क्लबका पुर्ब अध्यक्षहरु कर्मश गोविन्द आचार्य, मिनराज, दुड्गाना ,शिव के.जी, होमनाथ बास्तोलाले बोल्नु भएको कार्यक्रममा स्वागत मन्तब्य क्लबका उपाध्यक्ष राम आचार्य ले गर्नु भयो भने सन्चालन सचिब दिेपेन्द् ढुड्गानाले गर्नुभएको थियो ।

२०८० कार्तिक ११, शनिबार प्रकाशित 0 Minutes 234 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार