२०८० मंसिर २४ आईतवार

सहपाठी गौतमको जन्मदिन मनाउदै , डेफोडिल्स २०७० को पुर्नमिलन कार्यक्रम सम्पन्न !

सहपाठी गौतमको जन्मदिन मनाउदै , डेफोडिल्स २०७० को पुर्नमिलन कार्यक्रम सम्पन्
पोखरा ।

लिटिल डेफोडिल्स बोर्डिङ स्कुलबाट २०७० सालमा एसएलसी दिएका साहपाठीहरु दश वर्ष पछि पुनःमिलन कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ ।
भेटघाटसँगै साथी सुस्मिता गौतमको २५ औँ जन्मोत्सव पनि सँगै मनाएका हुन्।

दश वर्ष पछि भेटघाट हुदा खुसि भएका उनिहरु एकर्का सँग आआफ्नो पेशा व्यवसाय, विगतका तितामिठा कुराका बारेमा भलाकुसारी गरेका थिए । दश वर्ष पछि भएको भेटमा सबै साहपाठीहरु भेला हुन नसके पनि संभव भए जति जुटेका थिए । सहपाठी गौतमलाई जन्मदिनको शुभकामना दिदै , फेरि भेट्ने बाचाका साथ उनीहरु अमिलो मन गर्दै आ-आफ्नो नियमित काममा फर्केका छन् ।

नियमित २० सहित कुल २१ जना ले २०७० सालमा डेफोडिल्स् स्कुलबाट एसएलसि परिक्षामा सहभागि भएका थिए । इन्जिनियरिङ् , व्यवस्थापन , फार्मेसि, पत्रकारिता, विज्ञान लगायतका विषयमा स्नातकोत्तर तह सम्मको अध्ययनको क्रममा रहेका उनिहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो कार्य दक्षता प्रस्तुत गरि रहेका छन् ।

२०८० कार्तिक ११, शनिबार प्रकाशित 1 Minute 290 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार