२०८१ बैशाख १७ सोमबार

रुपा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि. को २०औं साधारण सभा एवं आठौं अधिवेशन बाट गणेश बहादुर खत्री अध्यक्षमा चयन !#

पोखरा महानगरपालिका वडा नंं- ३०, गगनगौँडामा रहेको रुपा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि. को २०औं साधारण सभा एवं आठौं अधिवेशन प्रदेश सभा सदस्य श्री सरस्वती गुरुङ ज्यूको प्रमुख आतिथ्यता एवं संस्थाको अध्यक्ष श्री राजु खत्री ज्यूको अध्यक्षतामा यहि मिति- २०८०/०७/१८ गते शनिबारको दिन शेयर सदस्यहरुको उपस्थितिमा भब्यताका साथ सम्पन्न भएको छ । उक्त सभाले आगामी ३ वर्षका लागी श्री गणेश बहादुर थापा खत्रीको अध्यक्षतामा ११ सदस्यीय संचालक समितिको चयन गरेको छ । अधिवक्ता श्री हरि प्रसाद पण्डीत संयोजक एवं सदस्य श्री घनश्याम रेग्मी र श्री अनिल के.सी. रहेको ३ सदस्यीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम सम्पन्न गरेको थियो । निर्विरोध निर्वाचित सञ्चालक समिति निम्न अनुसार रहेको छ ।

अध्यक्ष – श्री गणेश बहादुर थापा खत्री
उपाध्यक्ष – श्री विध्येश्वोरी शाही
सचिव – श्री शम्भु गुरुङ
सह-सचिव – श्री अञ्जली पण्डीत
कोषाध्यक्ष – श्री जयराम श्रेष्ठ
सदस्य – श्री मेनुका अधिकारी नेपाल
सदस्य – श्री कमल थापा
सदस्य – श्री सीता थापा
सदस्य – श्री कृष्ण बहादुर गुरुङ
सदस्य – श्री नवराज सुनार
सदस्य – श्री रामचन्द्र रिमाल

लेखा सुपरिवेक्षण समिति संयोजक – श्री भोजराज खनाल
” ” ” सदस्य – श्री कमल सुवेदी
” ” ” सदस्य – श्री मदनराज पगेनी

२०८० कार्तिक १९, आईतवार प्रकाशित 1 Minute 454 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार