२०८१ बैशाख २१ शुक्रबार

” माधव वियाेगी साहित्य पुरस्कार २०८० सुवेदीलाई “

” माधव वियाेगी साहित्य पुरस्कार २०८० सुवेदीलाई

माधव वियाेगी वाङ्मय प्रतिष्ठान नेपालद्वारा प्रदान गरिँदै आइएकाे माधव वियाेगी साहित्य पुरस्कार २०८० एक समारोहबिच सुप्रसिद्ध कवि रामबाबु सुवेदीलाई प्रदान गरिएको छ।नगद रु. पच्चीस हजार रुपैयाँ सहित (२५०००/-) सम्मानपत्र , दाेसल्ला र फूलमाला सहित सुवेदीलाई पुरस्कृत गरिएको हाे।

गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङकाे प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बाेल्दै गुरुङले भने – ” जनस्तर बाटै माधव वियाेगी वाङ्मय प्रतिष्ठान खुल्नू अनि उक्त प्रतिष्ठानले माधव वियाेगी साहित्य पुरस्कार स्थापना गर्नू आफैँमा उल्लेखनीय कार्य हाे।यस प्रतिष्ठानले अघि बढाएका गतिविधि काव्य संस्कृतिकाे विकासमा रहेकाे सुखद पक्ष हाे। ”

कार्यक्रममा बाेल्दै विशेष अतिथि डा. पुष्पा के.सी भण्डारीले भनिन् – “सिर्जना कर्मीकाे आराधना गर्नू सभ्यताको पूजा गर्नूजस्तै हाे।त्यसैले छन्द र साहित्यकाे उन्नयनमा लाग्नुहुने सबै प्रति मेराे हार्दिक बन्दना छ ।यहाँहरुले राज्यले गर्नुपर्ने काम गर्नुभएको छ।”

यसैगरी कार्यक्रममा बाेल्दै छन्दनायक माधव वियाेगीले भने – “पाेखराकाे छाेरेपाटनमा रहेकाे छन्द निवासमा अब नियमित छन्द प्रशिक्षण मात्र नभई छन्दकाे नियमित वाचन श्रृङ्खला पनि हुनेछ।”

यसै सन्दर्भमा सम्मानित स्रष्टा रामबाबु सुवेदीले भने- “म भत्किएका प्राैढहरुकाे भन्दा भाेलीकाे देश निर्माण गर्ने कलिला बालबालिकाका बारेमा बाल कविता लेख्नुपर्छ भन्ने ठान्छु।”

कार्यक्रममा बेलघारी टाेल विकास संस्थाका सल्लाहकार संयाेजक झपिन्द्र रेग्मी ,संस्कृत क्याम्पसका प्रमुख डा .जगन्नाथ रेग्मी,डेभिडफल युवा सञ्जालका महासचिव दीपक सुवेदी लगायतले बाेलेका थिए।

उक्त अवसरमा आर्या त्रिपाठी ,राेशन तिम्सिना ,निकेश गिरी,रुद्र बहादुर थापा,देवेन्द्र के.सी,रमा खतिवडा ,शालिग्राम आचार्य,शिव त्रिपाठी ,छन्दिका त्रिपाठी लगायतले रचना वाचन गरेका थिए।

प्रतिष्ठानका उपाध्यक्ष नवराज बरालकाे अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख संरक्षक सरिता घिमिरेले स्वागत र सञ्चालन सचिव छन्दमणि त्रिपाठीले गरेका थिए।स्मरण रहाेस् उक्त पुरस्कार २०७९ मा सुप्रसिद्ध कवि मुकुन्द शरण उपाध्याय लाई प्रदान गरिएको थियाे।उक्त कार्यक्रममा स्थानीय संघ ,संस्था र साहित्यकारहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे।

२०८० मंसिर २, शनिबार प्रकाशित 1 Minute 239 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।