२०८१ बैशाख २० बिहीबार

भुकम्प प्रभावितका लागी अस्थाई टहरा बनाउन युवा संघका सक्रियता (रुकुम पश्चिम) !!

भुकम्प प्रभावितका लागी अस्थाई टहरा बनाउन युवा संघका सक्रियता (रुकुम पश्चिम)

 

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका बिभिन्न स्थानमा खटेर अस्थाई टहरा बनाउन सक्रियाता बढाएको छ । यसै क्रममा युवा संघ कास्कीका जिल्ला अध्यक्ष पानबहादुर जिसीको संयोजकत्वमा रहेको गण्डकी प्रदेशबाट खटिएको ५० जनाको समुहले चौरजहारीमा अस्थाई टहरा बनाएर हस्तान्तर समेत गरेको छ ।

चौरजहारी–१० र ११ का प्रभावित १४ घरपरिवारका लागी अस्थाई टहरा बनाएर हस्तान्तरण गरिएको अध्यक्ष जिसीले जानकारी दिएका छन् । स्थानिय साधन–स्रोतको प्रयोग गरेर काठपात राखेर माटोले लिपेको पर्खाल र त्रिपालको छानो भएको अस्थाई बास निर्माण गरेको अध्यक्ष जिसीले बताए ।
यसरी अस्थाई टहरा पाएपछी भुकम्पबाट घरबार बिहिन भएका नागरिक पनि खुसी भएका छन् । चौरजहारी नगरपालिका–१० पोखरीका स्थानिय शशिराम राणाले भने ‘सरकारको भर परेर त कहिले हो कहिले । चिसोले सताएको बेला न्यानो अस्थाई घर पाएर खुसी लाग्यो ।’ साथै उनि लगाएतका लावन्वित सर्वसाधारणले युवा संघलाई धन्यवाद समेत दिएका छन् ।

यसपछी आफुहरु चौरजहारी नगरपालिकाको वडा नं. १० र ११ मा तिन वटा समुह बनाएर अरु अस्थाई टहरा बनाउने काममा खटिएको युवा संघ कास्कीका सचिव नवराज केसीको भनाई छ । ‘पार्टी केन्द्रको निर्देशन अनुसार हामी खटिएका छौ । यही मंसिर १४ गतेसम्म प्रभावित क्षेत्रमा खटेर काम गर्ने र यसपछी नेकपा एमालेको मध्यहपाडी जागरण अभियानमा जोडिने योजना छ’ उनले भने ।

२०८० मंसिर ७, बिहीबार प्रकाशित 1 Minute 180 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।