२०८१ बैशाख १४ शुक्रबार

एमसीसी उपाध्यक्ष फतिमालाई ओलीले भने- ‘पहिले सत्तापक्षको सरकारको धारणा आओस्’

काठमाडौं । अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रतिनिधिमण्डल र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार भेटवार्ता भएको छ ।

भेटको क्रममा (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न सहयोगका लागी अध्यक्ष ओलीलाई आग्रह गरेकी थिइन्।

त्यसको जवाफमा ओलीले एमसीसीबारे तत्काल धारणा नबनाउने जवाफ दिएका छन् ।

फतिमासँग ओलीले भने, सरकारमा हुँदा हाम्रो पोजिसन क्लियएर नै थियो । अहिले हामी प्रतिपक्ष भइसकेका छौँ, त्यसैले पहिले सत्तापक्षको सरकारको धारणा आओस् ।

जवाफमा एमाले अध्यक्ष ओलीले विगतमा सरकारको नेतृत्वमा रहँदा आफूले एमसीसी सम्झौता पारित गर्न प्रयास गरे पनि सफल नभएको बताएका भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

बिहीबार नेपाल भ्रमणमा आएकी उनले पहिलो राजनीतिक भेटघाट विपक्षी दलका नेता निवर्तमान प्रधानमन्त्री ओलीबाटै गरेकी थिइन् ।

ओलीलाई भेट्न बालकोट पुगेकी उनले शिष्टाचार भेटका क्रममा एमसीसी अघि बढाउन आग्रह गरेकी थिइन् ।

२०७८ भाद्र २४, बिहीबार प्रकाशित 0 Minutes 208 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार