२०८१ बैशाख २० बिहीबार

मंसिर ८ र ९ गते ‘प्रथम फंकी बीन्स फुटसल र्टुनामेन्ट ३५+ प्रतियोगिता’ हुँदै !!

पो. म. पा. ८ का योगेन थकाली र राजन गुरुङ्ग संञ्चालक रहेको ‘फंकी बीन्स’ ले बिगत ५ वर्ष देखि सृजना चोकमा अर्गानिक कफीको स्वाद पस्किरहेको छ । । फुटबलमा रुची भएका संञ्चालक द्वय थकाली र गुरुङ्गको पहलमा मंसिर ८ र ९ गते ‘प्रथम फंकी बीन्स फुटसल र्टुनामेन्ट ३५+ प्रतियोगिता’ पोखरा–४ मा रहेको ‘स्पोर्टस क्यासल’ मा हुने भएको छ । प्रतियोगितामा ३५ वर्ष भन्दा बढी उमेरका खेलाडीहरुको मात्र सहभागीता रहने छ । प्रतियोगितामा जम्मा २२ समुहको सहभागीता रहने आयोजक संस्था फंकी बीन्सका सञ्चालकले बताए । प्रतियोगीतामा प्रथम पुरस्कार रु. ८०,०००÷–, दोस्रो पुरस्कार रु. ५०,०००÷– साथै फेयर प्ले र एम.भी.पी अर्वाडको समेत व्यवस्था गरिएको फंकी बीन्स सञ्चालक राजन गुरुङ्गले बताए । “यो फुटसल प्रतियोगिता पोखरामा आयोजना हुने ३५ वर्ष माथि उमेर समुहको फुटसल प्रतियोगिता मध्य अहिले सम्मको ठुलो धनरासीको पुरस्कार भएको प्रतियोगिता हो”, प्रतियोगिता संयोजक योगेन थकालीले बताए ।

साथै यस प्रतिस्पर्धाबाट आर्जन हुने मुनाफालाई रङ्गाशालामा फुटबल सीकीरहेका बालबालीकाहरुको सहयोगमा खर्च गरिने संयोजक थकालीले बताए । फुटसल प्रतियोगिता संचालनको लागि देश विदेशबाट सहयोग गर्ने सबै फुटबल प्रेमीमा ‘फंकी बीन्स’ ले धन्यवाद व्यक्त गरेको छ ।

२०८० मंसिर ८, शुक्रबार प्रकाशित 0 Minutes 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।