२०८१ बैशाख २० बिहीबार

केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित !!

केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित
पोखरा । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) लाई हराउँदै मधेस प्रदेश पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालामा जारी दोस्रो सेमिफाइनलमा सशस्त्र एपिएफलाई ११ रनले पराजित गर्दै मधेस प्रदेश प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । मधेसले दिएको १ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सफल भयो ।

जवाफी व्याटिङमा २२ रनमा नै २ विकेट गुमाएको एपीएफका लागि कप्तान प्रदीप ऐरी र सन्दीप जोराले सतकीय साझेदारी गरे पनि जितका लागि प्रयाप्त हुन सकेन । जोरा ५४ रन बनाएर आउट भए । प्रदीपले ५५, लोकेश बमले ३२, भुवन कार्की १३, सुमित महर्जनले १३, असिफ शेखले ४, पुरन विकले ४, अरुण ऐरी र अमर रौटेला शुन्य(शुन्य रनमा आउट भए ।

बलिङतर्फ मधेसका विशाल पटेल ३, कप्तान हरिशंकर शाह र प्रदीप पासवानले २–२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । मधेसका लागि अनिल शाह र इम्रान शेखले अर्धसतक प्रहार गरेका थिए । शाह ३६ बलमा ५७ रन र शेखले ३२ बलमा ५० बनाएर आउट भएका हुन् । पवन सराफले ३३ रन रुपेश सिंहले ८ बलमा २१, हिमान्शु दत्तले १५, कप्तान हरिशंकर शाहले १० बनाएका थिए ।

बलिङतर्फ एपीएफका मौसम ढकालले ३, अमर रौटेलाले २ विकेट र पुरन विकले १ विकेट लिएका थिए ।

आर्मी केपी ओली कप क्रिकेटको उपाधि नजिक
पोखरा । बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी(२० क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

पोखरा रंगशालास्थित क्रीकेट मैदानमा बागमती प्रदेशले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । आर्मीका लागि भीम सार्कीले उत्कृष्ट इनिङ खेले । उनले ३५ बलमा ३९ रन जोडे । सोमपाल कामीले १५ र राजेश पुलामीमगर १ रनमा अविजित रहे
कुशल मल्लले ८ बलमा २७ रन जोडे । विनोद भण्डारीले २५, सन्तोष कार्कीले ७, बसिर अहमदले ५ र रोहित पौडेल शून्य रनमा आउट भए ।

बलिङतर्फ बागमतीका कप्तान सन्दीप लामीछानेले २, प्रतिश जिसीले १, इशान पाण्डे, रित गौतम र सोनु देवकोटाले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । बागमतीका लागी प्रतीक श्रेष्ठले सर्वाधिक ५० रनको पारी खेले ।

बागतीका कप्तान सन्दिपले १९, रित गौतमले १४, इशान पाण्डेले १२, सोनु देवकोटाले ९, शुभ कंशाकारले ३ र रोशन विकेले १ योगदान दिए ।

बलिङतर्फ आर्मीका साहब आलमले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका आलमले १ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिन सफल भए । सोमपाल कामी २ र विवेक यादबले १ विकेट लिए ।

आर्मीले उपाधिका लागि मधेश प्रदेश संग शुक्रबार भिड्नेछ ।

२०८० मंसिर १४, बिहीबार प्रकाशित 0 Minutes 216 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।