२०८३ असार १४ आईतवार

श्री कृष्ण माविले मनायो  ५२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस !!

श्री कृष्ण माविले मनायो  ५२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस !

पोखरा महानगरपालिका वडा नं. ०७  मासबार स्थित श्री कृष्णमाध्यमिक विद्यालयले  ५२ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रमुख अतिथि पोखरा महानगरपालिका का  उपप्रमुख श्री मन्जु देबि गुरुङ ले विद्यालयको उन्नयनका लागि भरपुर सहयोग गर्ने प्रतिवद्धता जनाए ।समुदाय को एक मात्र बिद्यालय मा स साना भाइ बहिनी को सस्कृतिक कार्यक्रम र प्रतिभा देख्न पाउदा आफू निकै खुशी रहेको जनाउँदै आगामी दिन मा महानगरपालिका बाट सक्ने सहयोग गर्ने प्रतिबधाता जनाए ।

कार्यक्रममा पोखरा-०७ का वडाध्यक्ष राम मोहन आचार्य ले विद्यालयको उन्नयनका लागि भरपुर सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले श्री कृष्ण मा बि  लाई पोखराकै अब्बल शैक्षिक संस्थाका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

विद्यालयका जेष्ठ सदस्य  शोभा चन्द्र बराल ले शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकसँग सहकार्य गर्न विद्यालय तयार रहेको जनाउँदै सबैको ध्यान शैक्षिक वृद्धि विकासतर्फ हुनुपर्ने उल्लेख गरे ।

प्रधानाध्यापक टिकाराम लामिछानेले  विद्यालयको समग्र अवस्था प्रकाश पार्दै विद्यालयले शैक्षिक वातावरणलाई सर्वोपरी मानी क्रियाकलाप सञ्चालन गर्दै आइरहेको जानकारी दिए ।

त्यस अवसरमा जनप्रतिनिधि सीता लामिछाने , अर्जुन थापा, सुनिता सुनार लगाएत पुर्ब बिध्यार्थी , राजिनिती कर्मी ,पत्रकार , सहयोगी हात हरु लगाएत विभिन्न संघ सस्था एबम बुद्धिजीवी हरु लगाएत अभिबाभक हरु को बाक्लो उपस्थिति रहेको थियो।

विद्यालयका जेष्ठ सदस्य  शोभा चन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक बिमला बराल ले स्वागत तथा उक्त कार्यक्रम शिक्षक दिनेश बराल र अनुजा सैजु ले संचालक रहेको कुरा शिक्षक सुनिल खड्का ले बिश्व  पाटि लाई बताए ।

२०८० पुष ५, बिहीबार प्रकाशित 1 Minute 851 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।