२०८१ बैशाख २१ शुक्रबार

लेकसाइडको फुटट्रयाक ठगी काण्डः वडा सदस्य सहित ४ जना कारागार चलान !!

पोखरा, ६ मंसिर/ पोखरामा एक जना वडा सदस्य सहित ४ जना ठगी मुद्दामा पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरे बापत विभिन्न किसिमबाट धम्काई ठगी गरेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

अनुसन्धान पछि सरकारी वकिल कार्यालय कास्की मार्फत कास्की जिल्ला अदालतमा पुस ३ गते ठगी मुद्दा दर्ता भएकोमा बिहीबार न्यायाधीश रामचन्द्र शर्माको इजलासबाट उनीहरुलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका छन् ।

यसरी पूर्पक्षका लागि थुनामा पर्नेमा पोखरा ६ लेकसाईड बैदाम बस्ने वर्ष ४१ का विकास पहारी, वर्ष २२ को प्रवीन विश्वकर्मा, वर्ष २४ को अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल र पोखरा ६ का वडा सदस्य वर्ष ४२ को दिपेन्द्र पहारी रहेका छन् ।

उनीहरुमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान गरी कास्की जिल्ला अदालतमा मुद्दा पेश हुँदा निजहरु पुर्पक्षको लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण कुमार बिकले जानकारी दिए ।

२०८० पुष ६, शुक्रबार प्रकाशित 0 Minutes 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।