२०८१ बैशाख २० बिहीबार

फिस्टेल स्पोर्टस् फेस्ट’ समापन !!

‘फिस्टेल स्पोर्टस् फेस्ट’ समापन
पोखरा, पुस ७
पोखरा १७ तल्लो बिरौटा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’ शनिबार सम्पन्न भएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले सिकाइलाई कक्षाकोठाभित्र मात्र सीमित नराखी खुल्ला रूपमा सिकाइ हुनुपर्ने कुरामा जोड दिए । उनले भने, ‘सिकाइ चार दिवारभित्र मात्र हुन्छ भन्ने छैन, वास्तविक सिकाइ समाजबाट नै सिक्ने हो जुन फिस्टेलले सिकाइरहेको छ ।’’ उनले यस्ता खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा ठुलो सहयोग पु¥याउने विचार राखे ।
शनिबार सम्पन्न सेभेन ए साइड फुटबलको फाइनल खेलमा शान्ति निकुञ्ज, लिटिल फ्लावर र शान्तिदीप स्कुलले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरे । उनीहरूले क्रमशः  रु ७५ हजार, ३५ हजार र २० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
५÷५ छात्र बास्केटबलमा आयोजक फिस्टेल एकेडेमी, मनकामना बोर्डिङ स्कुल र अल्फा एकेडेमीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरे । छात्रा बास्केटबतर्फ काठमाडौँको एनसीसीएस, फिस्टेल एकेडेमी र बालकल्याण स्कुल प्रथम, द्वितीय र तृतीय बने । यी सबै खेलमा प्रथम, द्वितीय र तृतीयले क्रमशः ७५ हजार, ३५ हजार र २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
टेनिसतर्फ १६ वर्षुनिको छात्रतर्फ फिस्टेलका सृजन भट्टराईले गण्डकी बोर्डिङ स्कुलका शास्वत बज्राचार्यलाई २–६, ६–३, ६–३ को सेटमा पराजित गरी प्रथम बने । द्वितीय गण्डकी बोर्डिङका शास्वत बज्राचार्य बन्दा तृतीय स्थान गण्डकी बोर्डिङका डोजन गुरुङ र भद्रकालीका सन्दीप बिकले प्राप्त गरे । छात्रातर्फ मैत्रेय पाठशालाकी शाल्भी शेरचन प्रथम बन्दा शान्ति निकेतनकी अदिती पौडेल द्वितीय र सेन्ट मेरिजकी शरिसा शेरचन ताथ मैत्रेय पाठशालाकी आरुसी तुलाचन तृतीय बने ।
१२ वर्षमुनिको छात्र टेनिसमा फिस्टेलका आर्यशराज पौडेल र गण्डकी बोर्डिङका स्पन्दन उदास  क्रमशः प्रथम र द्वितीय हुँदा गण्डकीका प्रफुल्ल श्रेष्ठ र डोजन गुरुङ तृतीय बने । १० वर्षमुनिको छात्रतर्फ फिस्टेलका आर्यसराज पौडेल, शिशुनिकेतनका इभान भट्टराईले क्रमश प्रथम र द्वितीय स्थान लिँदा शिशुनिकेतनकै ओमयुग थापा र शोभान केसीले तृतीय स्थान प्राप्त गरे । छात्रातर्फ फिस्टेलकी जीवाश्री भट्टराई र सेन्ट मेरिजकी बनी एस मेथलागन क्रमशः पहिलो र दोस्रो बन्दा जिओभानी केसी र सोनाक्षी ढुङ्गाना तेस्रो बने ।
९ वर्षमुनिको छात्रतर्फ शिशुनिकेतनका इभान, फिस्टेलका जीवाश प्रथम र द्वितीय बन्दा शिशुनिकेतनका ओमयुग थापा र प्राइम मन्टेश्वरीका सर्वज्ञ खत्री तृतीय बने । छात्रातर्फ फिस्टेलकी जीवाश्री र गुरुकुल विद्याश्रमकी जिओभानी केसी क्रमशः पहिलो र दोस्रो हुँदा फिस्टेलकी सायना र सेन्ट मेरिजकी बनी एस मेथलागन तृतीय बने । ८ वर्षमुनिको छात्रतर्फ फिस्टेलका जीवाश र ग्लोबल कलेजियटका अनन्त पाण्डे प्रथम र द्वितीय बन्दा प्राइम मन्टेश्वरीका सर्वज्ञ खत्री तृतीय बने ।
पुरस्कार वितरण तथा समापन कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष चिनुरानाभाटको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रथानाध्यापक कमल लामिछानेले गरेका थिए ।

२०८० पुष ७, शनिबार प्रकाशित 0 Minutes 233 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।