२०८१ बैशाख २१ शुक्रबार

पोखरामा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

पोखरामा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

पोखरामा गएराती कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ । गएराती १ बजेतिर पोखरा महानगरपालिका वडानम्बर ५ परस्याङमा बाग्लुङ बसपार्कदेखि जिरो किलोमिटर तर्फ जादै गरेको बा १३ च ३७२१ नम्बरको कारले दुई पैदल यात्रीलाई ठक्कर दिइ गम्भिर घाइते बनाएको थियो । घाइते दुवै जनालाई पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा लगिएपनि केहि समय पछि चिकित्सकले मृत घोषणा गरेका थिए । कारको ठक्करबाट मृत्यु हुनेमा बाग्लुङ ढोर पाटन नगरपालिका वडानम्बर ६ घर भई हाल पोखरा ३ नदीपुर बस्ने २० वर्षिया ढालेन्द्र छन्त्याल र अर्का पैदल यात्रीको भने वतन नखुलेको कास्की प्रहरीले बताएको छ । ३५ वर्षका जस्तो देखिने पुरुषको पनि कारको ठक्करबाट मृत्यु भएको प्रहरीले बताएको छ । अहिले दुवै जनाको शव पश्चिमाञ्चल क्षेत्रिय अस्तपाल पोखरामा राखिएको छ । दुई जना पैदलयात्रीको ज्यान जाने गरि ठक्कर दिने कार प्रहरी नियन्त्रणमा छ भने चालक भने अझै फरार रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

तस्विर : सामाजीक सञ्जालबाट

२०८० पुष १०, मंगलवार प्रकाशित 0 Minutes 201 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।