२०८१ चैत्र ८ शुक्रबार

घरेलु मदिरा ब्रान्डिङ गर्ने कानुन गाउँ सभामा पेस गरे वडा अध्यक्ष सुवेदीले

घरेलु मदिरा ब्रान्डिङ गर्ने कानुन गाउँ सभामा पेस गरे सुवेदीले

कास्कीकाे रुपा गाउँपालिकाले पनि घरेलु मदिरालाई ब्राण्डिङ गर्ने कानुन सभामा बिधायन समितिका सभापति तथा वडा न २ का वडा अध्यक्ष राजन सुवेदीले पेस गरेका छन । रुपाको हिउँदे अधिवेशन चलिरहेको छ । यही सभाबाट स्थानीय मदिरा (लोकल रक्सी) वैधता दिई ब्रान्डिङ गर्ने कानुन पास गर्न लागिएको हो । स्थानियले परम्परागत रूपमा उत्पादन र प्रयोग गर्दै आएका कोदो मार्फत रक्सी बनाउने र त्यसको व्यावसायिक खपतको कानुनी मान्यता दिन नियम बनाइएको वडा अध्यक्ष राजन सुवेदीले जानकारी दिएका छन ।
घरेलु मदिरालाई मापदण्डअनुसार उत्पादन गरी कानुनी मान्यता दिन सके बेरोजगार युवाहरुको रोजगारीमा टेवा पुग्ने उनको भनाई छ । ‘गाउँमा रक्सी बन्छ तर बेच्न पाइँदैन । कि प्रयोग गर्नै नपाउने गरी रोक्न सक्नुपर्‍यो । नत्र लुकिछिपी बेच्नु भन्दा कानुनी मान्यता दिन सके आम्दानी पनि हुन्छ,’ उनले भने, राेक्न भन्दा बरु कानुनी मान्यता दिने हो कानुनि मान्यता पाय राेजगार मात्रै नभयर स्थानिय तहकाे अामदानिमा समेत बृद्दि हुने कुरा सुवेदीले राखेका छन ।
उनले संघीय सरकारसँग समन्वय गरी स्थानीय मदिराको मापदण्ड र त्यसको गुणस्तर मापन गर्ने प्रयोगशाला समेत निर्माण गर्ने बताएका छन् । अहिलेसम्म संघ सरकारले घरेलु मदिरालाई वैध मानेको छैन । तर सर्वोच्च अदालतले घरायसी प्रयोजनका लागि (सांस्कृतिक मान्यता अनुसार) तथ्याङ्क नै तोकेर उत्पादनको बाटो खोलिदिएको छ । धेरैजसो जातीय समुदायमा घरेलु मदिरालाई सांस्कृतिक काममा अनिवार्य गरिएको छ ।
गण्डकी प्रदेशले पनि घरेलु मदिरा उत्पादन र बजारीकरणका लागि छुट्टै कानुनको मस्यौदा तयार गरिसकेको छ । तर संसद्मा पेस भएको छैन । ओझाले गुणस्तर कायम गरेर मदिरा बेच्न पाउनुपर्ने बताए । ‘मदिरा आफैमा राम्रो कुरा होइन । तर विदेशी रक्सी सहजै बिक्री हुने ठाउँमा परम्परादेखि विश्वास गरिएको घरेलु मदिरालाई पाखा लाउनु हुँदैन,’ उनी अघि भन्छन्, ‘यसले स्थानीय उत्पादनको प्रवर्द्धन पनि हुन्छ । गाउँमा रोजगारी पनि सिर्जना हुन्छ ।’ मदिराको गुणस्तर भने कायम गर्ने गरी नै उत्पादन गर्ने उनको प्रतिबद्धता छ ।

२०८० पुष २८, शनिबार प्रकाशित 0 Minutes 1093 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार