२०८१ बैशाख २१ शुक्रबार

जनताको असलि जनप्रतिनिधि रुपामा , जनप्रतिनिधि भएपछि प्राप्त सेवा सुविधाको रकम बाट बिधार्थिलाई बिधालय पाेषाक ।

पोखरा । कास्कीको रुपा गाउपालिका वडा न २ का वडा अध्यक्ष राजन सुवेदीले जनप्रतिनिधि भय पछि प्राप्त सेवा सुविधाको रकमबाट रुपा ५ स्थित विश्वशान्ति मा बि देउराली मा अधयनरत ५० जना बिधार्थि हरुलाई अाज एक कार्यक्रम का बिचमा बिधालय पाेषाक बितरण कार्यक्रम सम्पन्न भयकाे छ ।
कार्यक्रममा बिधार्थि हरुलाई बिधालय पाेषाक बितर गर्दै बिशेश अतिथि राजन सुवेदीले अाफु निर्वाचित भय पछि प्राप्त सेवा सुविधाको रकम बाट सधैं यसरिनै काम गर्दै अायकाे सुनाय , केही दिन अगाडि रुपा १ काे चण्डी अाधारभुत बिधालय मा समेत यसरिनै बिधालय पाेषाक बितरण गरेको स्मरण गर्दै सुवेदीले अबका दिनमा ९- १२ कार्यक्रम सञ्चालन गर्ने बताय । ९-१२ भन्नाले कक्षा नाै देखि बार्ह सम्मका बिधार्थि हरुलाई हितमा काम गर्ने र अबका दिनमा पालिका भरका गरिब हरुकाे उपचार गर्ने पैसाकै अभाबमा काेहि मर्न नदिने प्रतिबद्धता ब्यक्त गर्दै सुवेदीले जनप्रतिनिधि भईनजेल यसरिनै सामाजिक सेवामा खट्ने प्रतिबद्धता ब्यक्त गर्नुभयाे। जनप्रतिनिधि भनेकाे सेवक हाे सेवकले सेवा गर्नु पर्छ याे एउटा अान्दाेलन हाे याे अान्दाेलनकाे उपलब्धि अल्लि पछि देखिने छ सुवेदीले भन्नू भयाे ।
कार्यक्रम मा बिशेश अतिथि नेकपा एमाले गण्डकी प्रदेश का सदस्य बिष्णु पुनले राजन सुवेदी जस्तो जनप्रतिनिधि पाउने रुपा भाग्यमानी पालिकाे भयकाे बताउदै जिल्लामै भिन्न परिचय बनायका सुवेदी रुपाकाे मात्रै नभयर कास्की जिल्लामै उत्कृष्ट जनप्रतिनिधि भयकाे बताउदै यस्ता केही सपूत भयमा देश छिटोभन्दा छिटो समृद्धि काे अभियानमा लाग्ने बताउदै पुनले अाफुपनि सधै रुपालि जनताको सेवामा रहने र राजन सुवेदीलाई साथमा रहने बताउनु भयाे ।
पाेषाक बितरण कार्यक्रम का प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी का सचिव टिकाराम पगिनिले नेता भनेको राजन सुवेदी जस्तो हुनुपर्छ भन्नू भयाे राजन भयकाे ठाउमा निकै भराेसा हुने बताउदै राजन अबकाे रुपाकाे भबिष्य भयकाे बताउदै पगेनिले हिजाे अाफु गा बि स अध्यक्ष हुदा वनका काठ दाउरा बेचेर बिकासकाे गाेरेटाे बनायकाे र अहिले का साथिहरुले त्यहि अाधारमा टेकेर केही बिकास गरेको बताउनु भयाे । अबकाे बिकास उत्पादनमा जाेड हुनुपर्छ पगेनिले भन्नू भयाे ।
कार्यक्रम का अध्यक्ष हस्त कुमार श्रेष्ठले राजन सुवेदीको माग अहिले हरेक बस्तिमा रहेको र असलि जनप्रतिनिधि भनेको राजन सुवेदी हाे भन्नू भयाे । सार्वजनिक रुपमा सबैलाई राजन सुवेदी जस्तो जनसेवि हुन पनि अपिल गर्नुभयाे हिजो म पनि गा बि स अध्यक्ष भयकाे थिय म हुदापनि यसरिनै काम गर्थे अहिले राजनिती प्रति सबैको नकारात्मक भावना भयकाे बेलामा युवा नेता सुवेदीले केही अाशा जगायकाे बताउनु भयाे । यस्ता काम हरु गर्ने जनप्रतिनिधि लाई बिधालय मा मात्रै नभयर रुपामा कुना कुनामा जनतासामु पुर्याउन अपिल गर्नु भयाे ।
कार्यक्रम मा बिधालय का प्रधानाध्यापक बिद्दि अधिकारीले स्वागत गर्नु भयकाे थियो भने कार्यक्रममा राष्ट्रिय युवा संघ रुपा का अध्यक्ष सुजन श्रेष्ठ , उपाध्यक्ष हिमाल गुरुङ खेलकुद महासंघ कास्कीका सदस्य खेम गुरुङ लगायकाे उपस्थित थियो भने कार्यक्रम बिधालय का शिक्षक बाबुराम सुवेदीले गर्नु भयकाे थियाे ।

२०८० माघ १०, बुधबार प्रकाशित 1 Minute 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।