२०८१ बैशाख २१ शुक्रबार

सहिद झपेन्द्र कार्की स्मृति पार्कमा सहिद दिवस विशेष कार्यक्रम !!

सहिद दिवस विशेष कार्यक्रम


अाज सहिद दिवसकाे अवसरमा पाेखरा महानगर पालिका वडा नम्बर ७ राष्ट्र बैक मार्ग स्थित सहिद झपेन्द्र कार्की स्मृति पार्कमा ज्ञातअज्ञात शहिदहरूकाे सम्झनामा सहिद झपेन्द्र कार्की काे शालिकमा पुष्पमाला चढाई एक मिनेट सम्पूर्ण शहिदहरूकाे सम्झनामा माैन धारण गरि दिपप्रज्वलन गरेर कार्यक्रम समपन्न गरियाे।

कार्यक्रममा पुर्व गृहमन्त्री तथा पुर्व गण्डकी प्रदेश मुख्यमन्त्री खगराज अधिकारी , नेकपा एमाले गण्डकी प्रदेश पुर्व कार्यालय सचिव माधव बास्ताेला, नेकपा एमाले कास्की जिल्ला  उपाध्यक्ष तेजनारायण अधिकारी, निजामति कर्मचारी सगठनका केन्द्रीय सदस्य भरत भुसाल , वडा नम्वर ७ का पुर्व वडा अध्यक्ष रामचन्द्र बराल, नेकपा एमाले कास्की का सचिवालय सदस्य अाेम गाैचन र चिरञ्जीवी पाेखरेल, जनजाति महासघ कास्की का अध्यक्ष गणेश श्रेष्ठ, नेकपा एमाले महानगर कमिटिका सचिव जीवन अाचार्य, वडा नम्बर ७ का वडा सदस्य अर्जुन थापा र सुनिता सुनार , नेकपा एमाले वडा कमिटि ७ का उपाध्यक्ष शारदा गिरी, राष्ट्र बैक टाेल सुधार समितिका अध्यक्ष गाेकुल कार्की, सहिद झपेन्द्र कार्की का छाेरा दिपक कार्की लगायय सर्व साधरणकाे बाक्लाे उपस्थिति रहेकाे थियाे।


कार्यक्रम सहिद झपेन्द्र कार्की स्मृति पार्क व्यवस्थापन समितिकाे।अायाेजनामा भएकाे थियाे। उक्त कार्यक्रममा जनजाति महासघका अध्यक्ष गणेश श्रेष्ठले सहिद झपेन्द्र कार्की स्मृति पार्कलाई २० थान कुर्सी समेत प्रदान गर्नु भएकाे थियाे।

२०८० माघ १६, मंगलवार प्रकाशित 0 Minutes 201 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।