२०८१ बैशाख २१ शुक्रबार

ONF अन्तराष्ट्रिय कमिटिका उपाध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्यतामा अष्ट्रेलियामा भेटघाट कार्यक्रम सम्पन्न ।

ONF अन्तराष्ट्रिय कमिटिका उपाध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्यतामा अष्ट्रेलियामा भेटघाट कार्यक्रम सम्पन्न ।

सिडनी। अष्ट्रेलिया । प्रवासी नेपाली मंच अष्ट्रेलियाको आयोजनामा सम्मान, भेटघाट तथा बारबिक्यू कार्यक्रम सम्पन्न । कार्यक्रमका प्रमुख अतिथि एवं अन्तराष्ट्रिय कमिटिका उपाध्यक्ष तथा अष्ट्रेलियाका पूर्व अध्यक्ष रमेश पाण्डेले प्रवासी नेपाली मंचको उद्देश्य माथी प्रकाश पार्दै अष्ट्रेलिया लगायत सम्पूर्ण देशहरूमा प्रवासी नेपाली मंच २०२४ लाई संगठन निर्माण सहित बलियो बनाउने र बिशेष गरी सामाजिक कार्यमा फ़ोकस गर्ने, गल्फ देशमा गएका श्रमिक नेपालीहरू बिच उनिहरुको हक-अधिकार सुनिश्चित गर्ने कुरामा अग्रपंक्तिमा रहने र नेकपा एमालेले अवधारणा गरेको मिसन २०८४ लाई सफल पार्नका निमित्त सबैजना एकजुट भई लाग्न अनुरोध र आग्रह समेत गरेका थिए ।

उक्त कार्यक्रममा बिशेष अतिथि संबिधान सभा सदस्य एबम नेकपा एमाले केन्द्रीय सल्लाहकार कुल प्रसाद नेपालले एनआरएन नागरिकताको परिकल्पना संबिधानमैं उल्लेख भएकोले अहिले देखीएको समस्याहरु समयक्रम मा समाधान हुदै जाने विश्वास ब्यक्त गरेका थिए।

कार्यक्रममा प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डे, एनआरएन आईसीसीका उपाध्यक्ष डा. बिनोद श्रेष्ठ लगायतले आफ्नो मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा एनआरएनए आईसीसी मा नियुक्त सलाहकार रमेश पाण्डे, आइसीसी सदस्य राम घिमिरे र आइटी तथा इन्जीनियरिंग टास्क फोर्स प्रमुख होम पाण्डे तथा प्रवासी नेपाली मंच अन्तराष्ट्रीय कमिटी सदस्यमा मनोनीत माधब शाह लाई सम्मान समेत गरेको थियो।

कार्यक्रममा ओएनएफ अन्तराष्ट्रिय कमिटिका बिभिन्न बिभाग प्रमुख, सदस्यहरू, ओशिनिया क्षेत्रका प्रतिनिधि, राष्ट्रिय कमिटीका पदाधिकारी, सदस्यहरू, न्यु साउथ वेल्स राज्य कमिटिका अध्यक्ष, सदस्यहरू, युवा मंचका इंचार्ज, सह-इंचार्ज, उपाध्यक्ष, सदस्यहरू, नेपाल देखी आउनुभएका अभिभावक, स्थानीय नेपाली समुदायका अगुवा लगायतको बलियो उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता केशब जोशीले गरेका थिए भने संचालन सचिव प्रकाश पन्थीले गरेको कुरा प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाका उपाध्यक्ष प्रकाश सूबेदीले बिश्वपाटीलाई बताए ।

कार्यक्रम यही फ़ेब्रूअरी ३ शनिबार सिडनीको ओलम्पिक पार्कमा दिनको १२ बजे बाट ५ बजे सम्म करीब २०० जनाको सहभागिता बिच सम्पन्न भएको थियो।

 

२०८० माघ २१, आईतवार प्रकाशित 1 Minute 586 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।