२०८१ बैशाख १५ शनिबार

NRNA वेस्टर्न अष्ट्रेलिया प्रशंसनीय कार्यमा अग्रस्थानमा ।

सिडनी, अष्ट्रेलिया । NRNA वेस्टर्न अष्ट्रेलिया प्रशंसनीय कार्यमा अग्रस्थानमा ।

गतसालको जुलाई देखि एन आर एन ए डब्लु ए को नेतृत्व शेखर घिमीरेको टिम ले लिए देखि एकदमै आक्रामक रुपमा प्रभावकारी कार्यक्रम हरु पर्थ वासी नेपालीहरुको माझमा पस्किरहेको छ।

नेपालबाट भिजीट भिषामा पर्थमा पाल्नु भएका अभिभवकहरुको बाक्लो उपस्थिति मा आयोजना गरिएको ” अभिभावक बनभोज कार्यक्रम ” होस वा नेपाली नारीहरुको महान चाड “तीज” वा “नेपाली बिध्यार्थी हरुको लागि जानकारी मुलक कार्यक्रम “सबै कार्यक्रम हरु प्रभावकारी रुपमा संचालन गरेर शेखर घिमीरे नेतृत्वको एन आर एन ए डब्लु ए आम पर्थवासी नेपाली हरुको मन मष्तिस्कमा बस्न सफल भएको छ।

भर्खरै मात्र नेपाली पासपोर्ट नविकरण को लागि घुम्ति शिबिर संचालन गरेर (२०-२८ फ्रेबरी २०२४) पश्चिम अष्ट्रेलिया वासी नेपाली हरुको मुटुमा बस्न सफल भएको छ। पश्चिम अष्ट्रेलिया का सबै क्षेत्रहरुबाट आएका करिब ६००-७०० को संख्यामा नेपाली हरुले पासपोर्ट नबिकरणको लागि आवेदन दिएको कुरो एन आर एन ए डब्लु ए का सचिव किशोर कुँवरले बिश्वपाटी लाई जानकारी बताएका छन।

एन आर एन ए डब्लु ए का पदाधिकारी हरु शेखर घिमीरे, महेश लामा, किशोर कुँवर, हरिवंश संजेल, मिम शुभ गुरुंग, मनिष सिग्देल, बिरेन्द्र उदास, शिल्पा पोखरेल, बिमु लामा, दिपीका श्रेष्ठ लगायतको टिमले १२/१२ घण्टा नै खटेर परराष्ट्र मंत्रालय काठमाण्डू बाट आएका अधिकृत महेश त्रिपाठी लाई सहयोग गरेर मात्रै यत्रो ठुलो संख्यामा आबेदन दिनेहरु को काम गर्न सकिएको एन आर एन ए डब्लु ए का पुर्ब कोर्डिनेटर कृष्णमान श्रेष्ठले बताए।सुरुका दिन देखि अन्तिम दिन सम्मै उचित सर सल्लाह दिदै टिमलाई नै अगाडि बढ्न सहयोग प्रदान गर्नु हुने एन आर एन ए आइ सी सी सल्लाहकार श्री भैरब ढकाल लगायत एकराज साम्पांग, टेक मगर, दिनेश कार्की, कृष्ण मान श्रेष्ठ , होमनाथ निरौला, माधव ढुंगाना लगायतको टिमले उक्त पासपोर्ट नविकरणको लागि आफ्नो अफिस नै प्रयोग गर्न दिने 3E Global Education & Migration अफिस नै पुगेर एन आर एन ए डब्लु ए को टिम लाई धन्यवाद ब्यक्त गर्दै खुषी साटासाट गरेका थिए।

एकजना सेवाग्रही को आखामा राहदानी घुम्ति सेवा —
“नमस्कार मेरो नाम सुबास उप्रेती हाल बसोबास (HARRISDALE WA). ह्यारिस्डेल डब्लू ए । (NRNA WA) संस्था लाई धन्यवाद मेरो समस्याको समाधान गर्न मद्दत गर्दिनु भएकोमा। बिदेशमा राहदानी महत्त्वपूर्ण हुने र झन म्याद सकिने मितिको पनि प्रमुख भुमिका रहदै गर्दा मेरो राहदानीको पनि मिति दिन प्रती दिन सकिदै जाँदा मानसिक तनाब भएको थियो। एता कार्य-ब्यस्थता, उता राहदानीको म्याद अझ राजदुतावासमा धाँउदा हुने हदै सम्मको खर्च सम्झदाँ पनि मानसिक पिडा । यसै बिच ढुङ्गा खोज्दा देउता पाँए झै एक परिचित ब्यक्ति जो ओ एन एफ अष्ट्रेलिया (ONF Australia) सामाजिक संस्थाको उप सचिब हुनुहुन्छ होमनाथ निरौला जि उहाँबाट एन आर एन ए ड्ब्लु ए ले इ-राहदानी नवीकरण सम्बन्धि कार्यक्रम हुने बारेमा थाहा भयो र मलाई उहाँले एन आर एन ए मा आबद्ध आदरणीय ब्याक्तित्व शेखर घिमिरे जी संग यस कार्यक्रमको बरेमा राम्रो जान्ने र फारम भर्ने प्रक्रियाहरु राम्रो संग बुज्ने मौका पाएँ र प्रक्रियाहरु आगाडी बढाउदै गर्दा अरु सहयोग पनि गर्नु भयो उहालाई धन्यवाद दिन चहन्छु । सबै कागज पत्र भने बमोजिम तयार परि बाँयोमेटृक र फोटो दिन पर्थ सिटी मै सजिलो स्थान जहाँ आफ्नै सवारी साधनम पनि जान नसकिने र सार्बजनिक सवारीसाधन प्रयोग गरेर पनि जान सकिने स्थान .. जहाँ पुगेपछी सबै कार्यक्रम सहयोगी बाट पनि सकेको सहयोग प्राप्त भयो मलाई र मेरो सबै कार्यसम्पादन निकै छोटो र कम समयमा सफल भयो । मेरो समय र खर्च दुबै बचाइदिनु हुने सबै कार्यक्रम सहयोगी देखि मिम सुब्बा गुरुङ दिदी, 3इ कन्सल्टेन्सीका किशोर कुवर , शेखर घिमिरे र होमनाथ निरौला जि लगायत सम्पूर्ण एन आर एन ए डब्लु ए का सदस्यहरुमा फेरि पनि धन्यवाद व्यक्त गर्दछु र आगामी दिनहरु पनि पनि येस्तै सहयोगी कार्यक्रम आयोजना हुनेछ र सहभागी जनाउन पाउने आशा राख्दछु।”

यी त केवल प्रतिनिधि कार्यक्रमहरु मात्र हुन यो संगै बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै नेपालीहरु माझ वास्तविक सहयोग र हातेमालो गर्ने गरेको छ । अष्ट्रेलियाको ८ वटा राज्य मध्य उत्कृष्ट कार्य गर्ने राज्यमा वेस्टर्न अष्ट्रेलिया रहेको पाइएको छ । युवा, बिद्यार्थी, महिला, अभिभावक सम्पूर्ण समक्ष बेला बखत कार्यक्रमहरु आयोजना गरेर सबैको मन जित्न सफल हुन शेखर घिमिरे र उनको टिम ।

२०८० फाल्गुन २४, बिहीबार प्रकाशित 1 Minute 470 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार