पिएनमा कानुन अध्ययन हुने कलेज क्रिकेट हुँदै , ३ क्याम्पसको सहभागिता
पोखराको बगर स्थित अन्नपूर्ण खेल मैदानमा कानुन सङ्काय पृथ्वीनारायण क्याम्पसले नेपालका विभिन्न कानुन अध्ययन हुने कलेजस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । चैत्र २ देखि ४ गतेसम्म अन्नपूर्ण खेल मैदानमा सञ्चालन प्रतियोगितामा नेपालका विभिन्न कानुन अध्ययन हुने तीन क्याम्पस सहभागी हुने प्रतियोगिता संयोजकले जानकारी दिएका हुन् ।
बिहीबार प्रतियोगिताबारे जानकारी दिन आयोजित एक समारोहबीच कुरा राख्दै कलेजस्तरमा क्रिकेटका गतिविधि शून्य भएका तथा विभिन्न विद्यार्थीहरू बिच आपसी भाइचारा बढाउन पनि यो प्रतियोगिता महत्वपूर्ण हुने छ। पहिलो चरणका ६ खेल १५ ओभर तथा फाइनल खेल टि-२० ढाँचामा खेलाइनेछ । तिन टिमले एक अर्कासँग खेलेर उत्कृष्ट २ टिमले फाइनलमा स्थान पक्का गर्नेछन् । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद , ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट बलर, ब्याटर तथा हरेक खेलको उत्कृष्ट खेलाडीलाई पनि मेडल र सम्मान प्रदान गरिनेछ।
‘धेरै समय अगाडिबाट विद्यालयस्तरमा क्रिकेटको टुर्नामेन्ट नभएको अवस्थामा क्रिकेट कल्चर विकास गर्ने सपना लिएका छौं’ ‘ कार्यक्रम संयोजकले जानकारी दिए।