२०८१ बैशाख १५ शनिबार

पिएनमा कानुन अन्तरकलेजस्तरीय क्रिकेट प्रतियोगिता , पहिलो दिनको खेल सकिदा पिएन अग्रस्थानमा !

पिएनमा कानुन अन्तरकलेजस्तरीय क्रिकेट प्रतियोगिता , पहिलो दिनको खेल सकिदा पिएन अग्रस्थानमा

पोखरा । कानुन सङ्काय पृथ्वीनारायण क्याम्पसको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत शुक्रबारका तीन खेलमा सबैले टोलीले एक एक जित निकाल्न सफल भएका छन्। अन्नपूर्ण खेल मैदान बगरमा भएको पहिलो खेलमा पृथ्वीनारायण क्याम्पसले नेपाल ल क्याम्पसबाट पाएको १०५ को लक्ष्य ७.५  ओभरमा सक्दै ९ विकेटले पराजित गर्न सफल भएको थियो ।

दोस्रो खेलमा नेपाल ल क्याम्पसले टस जितेर १५  ओभर पुरा पारी खेल्दै १७० रन बनाउन सफल भएको थियो। जवाफमा १ सय  १७१ रनको लक्ष्य पछ्याएको नेशनल ल क्याम्पसका  अजयले अर्ध सतक पारी खेल्दा पनि आफ्नो टिमलाई जित निकाल्न नसक्दा नेशनल ल कलेज २५ रनले हार बेहोर्नुपरेको थियो ।

त्यसै गरि तेस्रो खेलमा नेशनल ल क्याम्पसले टस जितेर १५  ओभर पुरा पारी खेल्दै १५७ रन बनाउन सफल भएको थियो। जवाफमा १ सय  १५८ रनको लक्ष्य पछ्याएको पृथ्वीनारायण क्याम्पसका  कुशल नेपालको २० बल मा ३५ रन तथा आदर्श झाको ८ बलमा २१ रनको विस्फोटक पारी खेल्दा पनि आफ्नो टिमलाई जित निकाल्न नसक्दा  पृथ्वीनारायण कलेज २१ रनले हार बेहोर्नुपरेको थियो ।

पहिलो खेलमा ४ विकेट लिदै प्रविन काफ्ले, दोस्रो खेलमा २७ बल ५८ रनको विस्फोटक पारी खेल्दै विक्रान्त तथा दिनको अन्तिम खेलमा १० बलमा ३५ रनको विस्फोटक पारी खेल्दै सितोस उत्कृष्ट खेलाडी हुन सफल भएका थिए।

२०८० चैत्र ३, शनिबार प्रकाशित 0 Minutes 115 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार