२०८३ जेष्ठ २५ सोमबार

नेविसंघ कास्कीद्वारा सहकारी ठग विरुद्ध ध्यानाकर्षण सहित बिरोध प्रदशन ।

सिडनी । अष्ट्रेलिया । नेविसंघ कास्कीद्वारा सहकारी ठग विरुद्ध ध्यानाकर्षण सहित बिरोध प्रदशन ।

नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समिति को परिपत्र अनुसार, नेपाल विद्यार्थी संघ कास्की जिल्ला कार्य समितिको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कास्की मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई विभिन्न माग राखी सहकारी ठग विरुद्ध कामकारबाही गर्ने मग गदै ज्ञापनपत्र बुझाइ साङ्केतिक विरोध स्वरुप जिल्ला प्रशासन कार्यलय अगाडी प्याम्पलेट प्रदर्सन समेत गरेका छन !

१. सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरि अपचलन गर्ने सहकारी ठगहरुलाई छानविनको दायरामा ल्याई कानुनी कारबाही गर्न माग गर्दछौं ।
२. सहकारी ठगीमा संलग्न सहकारी सँस्था, सदस्य र सम्बन्धित व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन तत्काल निष्पक्ष संसदीय छानविन समिति गठन गर्न माग गर्दछौँ ।
३. विद्यार्थी केन्द्रित आवश्यक परिमार्जन एंव संशोधन सहित विद्यालय शिक्षा विधेयक – २०८० तत्काल लागू गर ।
४. उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्ने अवसर उपलब्ध गराई प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गरी देशको शैक्षिक तथा प्राज्ञिक क्षेत्रलाई अझ बढी गुणस्तरीय, मर्यादित र उपलब्धिमूलक बनाउन र विश्वविद्यालय तथा उच्च शिक्षण संस्थाको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन सम्बन्धी कार्यलाई सहजीकरण र व्यवस्थित गर्नको लागि विश्वविद्यालय छाता ऐन सम्बन्धी विधेयक तत्काल प्रतिनिधि सभामा प्रस्तुत गर्न।

२०८१ जेष्ठ १, मंगलवार प्रकाशित 0 Minutes 542 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।