२०८२ असार ३१ मंगलवार

मैना देबि फाउन्डेसन द्वारा बृहत सरसफाई कार्यक्रम आयोजना हुने !

  • बृहत् सरसफाई कार्यक्रम!!

“म बद्लिन्छु अनि मेरो देश बदलिन्छ ” भन्ने मुल नारा भन्दै सरसफाई तथा विभिन्न सामाजिक क्षेत्रमा बिगत ४ वर्षदेखी काम गर्दै आईरहेको सरसफाई अभियान्ता के पी खनाल अध्यक्ष रहेको संस्था मैनादेवी फाउन्डेसन ले मिति २०८१-०२-०५ गते शनिवार बिहान ७ बजे पोखराको पृथ्वीचोकमा बृहत् सरसफाई कार्यक्रमकाे आयोजना गरेको छ । पर्यटकिय राजधानी पोखराको प्राकृतिक सौन्दर्यताले पर्यटकहरुलाई जति आकर्षित गरेको छ त्यतिकै त्यसको सरसफाई एवंम संरक्षणमा देखीएका चुनौतिहरु पनि छन् । यस विषयमा हामीले सूक्ष्म अध्यन गर्दा सरसफाई नै सबैभन्दा महत्वपुर्ण पक्ष हो भनी पोखराको पृथ्वीचोकमा सरसफाई कार्यक्रम गर्ने निर्णय गरिएको हो । मैनादेवी फाउन्डेसन गन्डकि प्रदेश सम्योजक मनिष ओस्थाले जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरपालीका सरसफाई शाखाको सहयोग तथा वडा न. ९ को कार्यलय सँगको समन्वयमा स्थानीय युवा क्लब , आमा समूह लगायत स्थानीय बुद्धिजीवी तथा सचेत नागरिकहरुको सहभागीतामा बृहत् सरसफाई कार्यक्रम गर्न लागीएको हो उनले भने ।
पोखरालाई अझ प्रदुषण मुक्त स्वच्छ र सफा शहरको पहिचान स्थापित गर्नका लागि हामीले धेरै कार्यक्रमहरु गरेका पनि छौ र गरीरहने प्रतिबद्दता समेत ब्यक्त गर्दछौ अर्का युवा अभियान्ता दिपक पौडेल ले जानकारी दिए ।

२०८१ जेष्ठ ४, शुक्रबार प्रकाशित 1 Minute 563 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार